back

यस्तो छ कास्कीको पूराना चुनावः सँधै फरक नतिजा, यसपालि के हाेला ?

पोखरा। कास्कीमा लगातार एउटै पार्टीले चुनाव जितेको छैन । २०४८ देखि अहिलेसम्म प्रदेश, प्रतिनिधिसभादेखि स्थानीय तहको चुनावसमेत हरेक पटक फरक नतिजा आएको छ ।

२०४९ मा कांग्रेसले चुनाव जितेको यहाँ २०५४ मा एमाले विजयी भयो । तर, अल्पमतमा । कांग्रेसका वडाध्यक्ष बहुमतमा थिए । २० वर्षपछि भएको बहुमतसहित एमालेले चुनाव जित्यो ।

प्रतिनिधिसभाको चुनाव हेर्दा २०४८ मा कांग्रेस, २०५१ मा एमाले, २०५६ मा फेरि कांग्रेस, २०६४ मा माओवादी, २०७० मा कांग्रेस–एमाले र २०७४ मा एमाले–माओवादी बढी विजयी भएको रेकर्ड छ ।

२०४८ सालमा क्षेत्र नम्बर १ बाट कांग्रेसका तारानाथ रानाभाट एमाले उम्मेदवार खगराज अधिकारीलाई १ हजार ७ सय ३३ मतान्तरले पराजित गर्दै निर्वाचित भएका थिए । रानाभाटले २० हजार ४ सय १६ मत ल्याउँदा अधिकारीको १८ हजार ६ सय ८३ मत थियाे ।

क्षेत्र नम्बर २ मा एमालेका तुलबहादुर गुरुङ कांग्रेसका शुक्रराज शर्मालाई २ हजार ७ सय २३ मतान्तरले पराजित गरी निर्वाचन जितेका थिए । गुरुङले २० हजार ३४ मत पाउँदा शर्माको २१ हजार ३ सय ११ मत रह्याे । क्षेत्र नम्बर ३ मा एमालेकै सोमनाथ अधिकारीले १ हजार ५ सय ६५ मतान्तर सहित कांग्रेसका महादेव गुरुङलाई हराए । अधिकारीले १७ हजार ८ सय १८ मत पाउँदा गुरुङले १६ शजार २ सय ५३ मत मात्रै पाए ।

तत्कालीन समयमा क्षेत्र नम्बर १ मा खसेको ४१ हजार ९ सय ८० मतमध्य १ हजार १ सय १३ मत बदर भएको थियो भने २ नम्बरमा ४९ हजार १ सय २९ मत खसेकोमा १ हजार १ सय ८३ मत बदर भएको थियो । क्षेत्र नम्बर ३ मा भने ३८ हजार ०७८ मत खस्दा १ हजार २ सय ९१ मत बदर भएको थियो ।

२०५१ मा ठ्याक्कै विपरित नतिजा थियाे । कांग्रेसले जितेको ठाउँमा एमाले र एमालेले जितेको ठाउँमा कांग्रेस विजयी भयो । क्षेत्र नम्बर १ मा बहालवाला सांसद तारानाथ रानाभाटलाई १ हजार २ सय ५१ मतान्तरले पराजित गरी पूर्वप्रतिस्पर्धी खगराज अधिकारी विजयी भए । क्षेत्र नम्बर २ मा भने एमालेकै तुलबहादुर विजयी हुँदा शुक्रराज अझै फराकिलो मतले हारे । क्षेत्र नम्बर ३ मा कांग्रेसका कृष्णबहादुर गुरुङले बहालवाला सांसद सोमनाथ अधिकारीलाई १ सय ४९ मतान्तरले हराए ।

२०५६ को चुनावमा तीनवटै क्षेत्र कांग्रेसले लपेटेको थियाे । क्षेत्र नम्बर १ मा तारानाथ रानाभाटले एमालेका खगराज अधिकारीलाई ३ हजार ८ सय ३ मतान्तरले हराउँदा २ नम्बर क्षेत्रमा कांग्रेसका महादेवले एमालेका तुलबहादुरलाई सर्वाधिक ४ हजार ३ सय १७ मतान्तरले हराइदिए । क्षेत्र नम्बर ३ मा कांग्रेसका प्रकाश गुरुङ २ हजार ६ सय ४८ मतान्तर सहित विजयी हुँदा एमालेका सोमनाथ दोश्रो पटक पराजित भए ।

२०६४ को संविधानसभा निर्वाचनमा ४ वटा क्षेत्र कायम गरिएको थियो । क्षेत्र नम्बर १ मा माओवादीका देव गुरुङले २ हजार ५ सय २३ मतान्तरले एमाले उम्मेदवार खगराज अधिकारीलाई नै हराए । तेस्राेमा रहेका कांग्रेसका यज्ञबहादुर थापाले खगराजको भन्दा ५९३ मत कम ल्याए ।

क्षेत्र नम्बर २ मा माओवादीका राजकाजी गुरुङले ४ हजार ८९ मतान्तरसहित कांग्रेसकी शारदा पौडेललाई हराए । तेस्राेमा रहेकी एमालेकी गजकुमारी गुरुङले शारदाको भन्दा १ सय ६ मत कम पाइन् । क्षेत्र नम्बर ३ मा अप्रत्यासित रुपमा एमाले उम्मेदवार रवीन्द्र अधिकारी विजयी भए ।

माओवादीका झलकपाणी तिवारीलाई २ हजार ४ सय ६० मतान्तरले हराएका हुन् । तेस्राेमा कांग्रेसकी बृन्दा राना तिवारीभन्दा १ हजार ८ सय ८५ मतान्तरले पपछि परिन् । क्षेत्र नम्बर ४ मा पनि माओवादीकी दुर्गा विक एमालेकी सीता गिरीलाई ४ सय ३८ मतान्तरले हराएकी थिईन् । कांग्रेसका प्रकाश गुरुङ गिरी भन्दा १ हजार ५ सय ३७ मत पछि परे ।

संविधानसभा निर्वाचन २०७० मा माओवादी क्लिन स्वीप भयो । त्यतिमात्रै होइन, माओवादी यो चुनावबाट निकै कमजोर भयाे । क्षेत्र नम्बर १ मा कांग्रेसका यज्ञबहादुर थापा २ सय ७२ मतान्तरले विजयी हुँदा एमालेका मानबहादुर जिसी (हालका मेयर) पराजित भए । तेस्राे बनेको माओवादीका विष्णु पौडेलले जिसीको भन्दा ९ हजार ८५ मत कम ल्याए ।

क्षेत्र नम्बर २ मा पनि कांग्रेसकी शारदा पौडेल विजयी हुँदा अहिले मेयरका प्रत्यासी कृष्ण थापा ३ सय ४४ मतले पछि परे । तेस्राे बनेका बखानसिंह तमुले थापाको भन्दा ५ हजार ७ सय १३ मत कम पाए । क्षेत्र नम्बर ३ मा एमालेका रवीन्द्र अधिकारी दोस्राे पटक भारी मतान्तरले विजयी भए । उनले कांग्रेसका शोभियत अधिकारीलाई २ हजार ३ सय २ मतान्तरले हराएका थिए ।

तेस्राे बनेका हालका प्रदेश अर्थमन्त्री रामजी बरालले शोभियतको भन्दा ६ हजार ३ सय ७७ मत कम ल्याए । क्षेत्र नम्बर ४ मा एमालेकी सीता गिरीले कांग्रेसका महादेव गुरुङलाई पराजित गरेकी थिइन् । उनले २ हजार २ सय ९१ मतान्तरले हराउँदा तेस्राे बनेका माओवादी उम्मेदवार गुप्तबहादुर हमालले गुरुङको भन्दा ५ हजार ९ सय ६४ मत कम पाए ।

माओवादी २०७४ मा झन् कमजोर बन्यो । एमालेसँग मिलेर दुईवटा प्रदेशसभा चुनाव जितेको माओवादीले ७० को मत समेत जोगाउन सकेको छैन । २०७४ मा प्रतिनिसभा तर्फ कांग्रेस क्लिन स्वीप भयो भने प्रदेशसभामा एउटा सीट मात्रै जित्न सक्यो ।

जिल्लामा ३ वटै प्रतिनिधिसभा सदस्य एमालेका छन् भने प्रदेशसभामा ३ वटा एमाले, २ वटा माओवादी र एउटा कांग्रेसले जितेका छन् । अहिले माओवादी र एमालेको गठबन्धन छैन ।

स्थानीय चुनाव हेर्दा पनि सँधै एकैखालको नतिजा देखिँदैन । २०४९ सालमा मेयर र उपमेयर कांग्रेसले जितेको तत्कालीन पोखरा नगरपालिकामा त्यसको ५ वर्षपछि नतिजा उल्टो आयो । मेयर र उपमेयर दुवै एमालेले जिते । २०४९ मा कांग्रेसका भोला थापा मेयर र नरेशशंकर पालिखे उपमेयर बने ।

१८ वडामध्ये ११ वटामा कांग्रेस र ६ वटा एमाले तथा एउटामा राप्रपा विजयी भएको थियो । ०५४ मा एमालेका कृष्ण थापा (हालका मेयर प्रत्यासी) मेयरमा जिते भने एमालेकै मानबहादुर गुरुङ उपमेयरमा जिते ।

तर, १८ वडामध्ये ९ वडा कांग्रेसले जितेको थियो भने एमालेले ७ वटा वडा मात्रै जितेको थियो । २ वडामा राप्रपा विजयी भएको थियो ।

२०७४ को स्थानीय चुनावमा मेयर उपमेयर सहित बहुमत वडा एमालेले जितेको थियाे । ३३ वडा रहेको यहाँ २२ वटा एमालेले जित्यो भने ११ वटा कांग्रेस जितेको थियो । एउटा तथ्य चाहिँ के नयाँ आएको छ भने, पछिल्ला निर्वाचनमा एमालेको मतान्तर निकै बढिरहेको छ । अहिले यहाँ पूर्वएमाले र वर्तमान एमालेका उम्मेद्वारबीच मेयरमा प्रतिश्पर्धा छ । कसको पक्षमा माहोल बन्छ भन्ने अझै निधो भएको छैन । दुवै पक्षले आफुले चुनाव जित्ने दावी गरिरहेका छन् ।

 

 

nactional life
Corporatebazar 11 Anniversary

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाको १३ बुँदे छनोट मापदण्ड घोषणा

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाको १३ बुँदे छनोट मापदण्ड घोषणा

वि.सं.२०८३ वैशाख २१ सोमवार १०:५३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई...

नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा आज

नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा आज

वि.सं.२०८३ वैशाख २१ सोमवार १०:४८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा तथा...

लिपुलेक विवादः नेपालको दाबीलाई भारतले ग¥यो अस्वीकार, दुवै देश आ–आफ्नै अडानमा

लिपुलेक विवादः नेपालको दाबीलाई भारतले ग¥यो अस्वीकार, दुवै देश आ–आफ्नै अडानमा

वि.सं.२०८३ वैशाख २१ सोमवार १०:४४

काठमाडौं । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश...

लिपुलेक-मानसरोवर यात्रामा नेपालको कडा आपत्ति: बालेन सरकारद्वारा भारत र चीन दुवैलाई कूटनीतिक नोट

लिपुलेक-मानसरोवर यात्रामा नेपालको कडा आपत्ति: बालेन सरकारद्वारा भारत र चीन दुवैलाई कूटनीतिक नोट

वि.सं.२०८३ वैशाख २० आइतवार २३:००

काठमाडौं । सुदूरपश्चिमको दार्चुला जिल्लामा पर्ने नेपाली भू-भाग कालापानी, लिपुलेक...

राष्ट्रपतिद्वारा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

राष्ट्रपतिद्वारा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

वि.सं.२०८३ वैशाख २० आइतवार २१:५६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने...

बागमती किनार अतिक्रमण हटाउने अभियान : १,८१६ परिवार सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा स्थानान्तरण

बागमती किनार अतिक्रमण हटाउने अभियान : १,८१६ परिवार सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा स्थानान्तरण

वि.सं.२०८३ वैशाख २० आइतवार २१:५०

काठमाडौं । सरकारले बागमती नदी र यसका सहायक नदी किनारका...