back

ओलीलाई कांग्रेसको जवाफ- कांग्रेसले लागु गरेको नीति र कार्यक्रमको ब्याजसमेत खाने पार्टी एमाले

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएको आरोपको खण्डन गर्न नेपाली कांग्रेसले पत्रकार सम्मेलन गरेको छ ।

पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशसरण महतले नेपाली कांग्रेसले अघि सारेको नीति तथा कार्यक्रमको ब्याजसमेत नेकपा एमालेले खाइरहेको बताएका छन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेस कुनै नीति नै नभएको पार्टी भएको बताएका थिए ।

त्यसको खण्डन गर्दै कांग्रेस प्रवक्ता महतले भने, ‘सामुदायिक वनको अवधारणा ल्याएर नांगो भइसकेको पहाडलाई फेरि हराभरा बनाउने पार्टी कांग्रेस हो ।

नेपाली कांग्रेसले जुन नीति र कार्यक्रम देशमा कार्यान्वयन गर्‍यो, त्यसको ब्याज साँवासहित खाने पार्टी एमाले हो । झुठो आरोपको पुलिन्दा ओलीजीले लगाउनुभएको छ ।’

नेपाली कांग्रेसले ल्याएको आर्थिक उदारीकणको नीतिअनुसार नै निजी उद्योग व्यवसाय फस्टाएको बताए ।

‘नेपाली कांग्रेसले जुन आर्थिक उदारीकरणको नीति लियो, जताततै निजी उद्योग व्यवसायहरू फस्टाउन थाले,’ प्रवक्ता महतले भने, ‘उहाँ चाहीँ बासँबारी छाला जुत्ता कारखानाको उदाहरण दिनुहुन्छ ।

त्यसको ठाउँमा त संयौ छाला जुत्ता कारखाना खुलेको त बिर्सिनुभयो । एउटा उदाहरण उहाँ दिइराख्नुहुन्छ । र त्यो ठाउँमा गंगालाल हृदय रोग केन्द्र स्थापना भएको उहाँले बिर्सिनुभयो ।’

नेकपा एमालेलाई कांग्रेसको विरोध गर्ने कुनै आधार नभएको बताए । ‘उहाँहरूलाई नेपाली कांग्रेसको विरोध गर्ने कुनै आधार छैन । जहिले पनि विकास भनेको नयाँ प्रविधि, नयाँ फड्को मार्ने हो,’ प्रवक्ता महतले भने ।

nactional life
Corporatebazar 11 Anniversary

संवैधानिक परिषद् अध्यादेशमा राष्ट्रपतिको ‘ब्रेक’ : शक्ति सन्तुलन र बहुमतको गणितमा अल्झियो शीतल निवास

संवैधानिक परिषद् अध्यादेशमा राष्ट्रपतिको ‘ब्रेक’ : शक्ति सन्तुलन र बहुमतको गणितमा अल्झियो शीतल निवास

वि.सं.२०८३ वैशाख २० आइतवार ११:१८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारद्वारा सिफारिस गरिएका ६ मध्ये...

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै एकैपटक १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:२३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त...

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:१४

सुर्खेत । प्राकृतिक विपत्तिले कर्णाली प्रदेशलाई हरेक वर्ष गम्भीर रूपमा...

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:५०

काठमाडौं । नेपाल सरकारले हालै गठन गरेको सम्पत्ति छानबिन आयोगको...

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:४०

काठमाडौं । आयातित वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल...

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३४

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको...