back

डुबानमा पर्दै आएका मतदाता भन्छन्- पुल बनाउनेलाई मत दिन्छौँ

काठमाडौं । वर्षौँदेखि डुबान र कटानको समस्या भोग्दै आएका धनुषाको धनुषाधाम नगरपालिका–४ रामपुरका मतदाताले बलुवा खोलामा पुल बनाइदिने उम्मेदवारलाई आफ्नो मत दिने बताएका छन् ।

बलुवा खोलामा पुल निर्माण नहुँदा वर्षायाममा डुबान र कटानको समस्या भोग्दै आएका धनुषाधाम नगरपालिकाको सरसा, रामपुर, लवटोलियासहित एक दर्जनभन्दा बढी गाउँका स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

काम विशेषले धनुषाधाम बजारसम्म आवतजावत गर्ने सो क्षेत्रका स्थानीयवासी एकातिर खोलामा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् भने अर्कातिर खोला गहिरो भएकाले बाढीका बेला सवारीसाधन नै भासिने जोखिम छ ।

“गाउँदेखि धनुषाधाम बजारसम्म पुग्न समस्या छ”, रामपुरकी सीतादेवी यादवले भनिन्, “पुल नहुँदा कतिपयले जोखिम उठाएरै खोला तरेर बजारसम्म पुग्छन् भने कतिपयले घुमाउरो बाटोको प्रयोग गरेर पुग्ने गरेका छन् ।”

सुक्खायाममा केही सहज भए पनि बाढीको समयमा दुई महिनासम्म स्थानीयवासीलाई आवतजावत गर्न गाह्रो हुन्छ । “यो समस्याबारे वडा र नगरका जनप्रतिनिधिदेखि मन्त्रीसम्मलाई अवगत गराएँ, तर अझै खोलामा पुल निर्माणका लागि कुनै पहल हुनसकेको छैन”, यादवले भनिन् । सो खोलामा पुल निर्माण भए सहजरूपमा बजारसम्म आवतजावत गर्न सकिन्छ ।

पुल निर्माणपछि गाउँबाट धनुषाधाम बजारसम्म पुग्न पाँच किलोमिटर जति मात्र हुनेछ । त्यो दूरी पैदल एक घण्टा र सवारीसाधनमा ओहोरदोहोर गर्न १० मिनेट मात्र लाग्छ । पुल निर्माण नहुँदा घुमाउरो बाटो प्रयोग गर्न बाध्य भएको उनको दुःखेसो छ ।

बालुवा खोलाको बाढीले बर्सेनि क्षति पुर्याउने गरेको स्थानीयवासीले जनप्रतिनिधिदेखि केन्द्रीय नेतालाई गुहार्दै आएका छन् । ‘‘खोलामा पुल नबन्दा भोग्नुपरेको पीडाबारे गुहार्दै आएका छौँ, हाम्रो कुरा अहिलेसम्म कसैले सुनेनन्”, रामपुरकै सुभद्रा देवीले भनिन्, “निर्वाचित भएदेखि नै धनुषाधाम नगरपालिकाका जनप्रतिनिधिलाई समेत खोलाले पुर्याउँदै आएको क्षति र पुलको आवश्यकताबारे ध्यानाकर्षण गराए पनि आश्वासनबाहेक केही पाउन सकेका छैनौँ ।” खोलामा तटबन्धसँगै पुल निर्माणको ग्यारेन्टी गर्ने उम्मेदवारलाई स्थानीय तह निर्वाचनमा मतदान गर्ने मतदाताले बताएका छन् ।

“चुनावका बेला भोट लिन ठूला–ठूला आश्वासन बाँड्ने नेता पदमा पुगेपछि बिर्सिने गरेका छन्”, लवटोलियाका सिम्रिक साहले भने, “अब बालुवा खोलामा पुल निर्माणको ग्यारेन्टी गर्ने नेतालाई मात्र हामी मत दिन्छौँ ।” बाढीले बर्सेनि वरिपरिका गाउँ डुबानमा पर्ने समस्या छ ।

 


श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

साहित्यकार शाक्यको लघुकाब्य ‘च्यातिएका पाना’ सार्वजनिक

वि.सं.२०८२ जेठ ३० शुक्रवार १२:३२

काठमाडौँ । शब्दयात्रा प्रकाशनको आयोजनामा यही जेठ २४ गते स्वयम्भू...

रेखाको मत माग्ने तरिका नै बेग्लै

रेखाको मत माग्ने तरिका नै बेग्लै

वि.सं.२०८२ जेठ २८ बुधवार ०९:५५

काठमाडौं । काठमाडौंमा जारी अनेरास्ववियुको अधिवेशनअन्तर्गत आज निर्वाचन हुने भएको...

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

SEE दिएका विद्यार्थीका लागि लाइफ कम्प्युटरको ‘सिजन ७’ वेबसाइट प्रतियोगिता सुरु

वि.सं.२०८२ जेठ २७ मंगलवार २०:३८

काठमाडौं । सूचना प्रविधिको अभ्यासलाई व्यवहारिक जीवनसँग जोड्दै विद्यार्थीहरूमा सिर्जनात्मकता...

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

जातीय एकता र समझदारी वृद्धि गरी राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आव्हान

वि.सं.२०८२ जेठ १९ सोमवार १४:३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी एकता र समझदारी...

सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति

सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति

वि.सं.२०८२ जेठ १९ सोमवार १४:०६

काठमाडौं । गृहमन्त्री रमेश लेखक र सार्वजनिक यातायात बचाउ केन्द्रीय...