back

स्वीकृति नलिई पात्रो, भित्तेपात्रो प्रकाशन गरे स्पष्टीकरण सोधिने

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति नलिई पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेन्डर) प्रकाशन गरे स्पष्टीकरण सोध्ने भएको छ ।

समितिको बैठकले पहिलो पटक मौखिक रुपमा स्पष्टीकरण सोध्ने निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले २०७७ पुस २० गते स्वीकृत गरेको गठन आदेशको दफा ७ को उपदफा (ञ) र (ठ) अनुसार स्वीकृत नलिई पात्रो र भित्तेपात्रो प्रकाशन गर्न नपाइने व्यवस्था छ ।

स्वीकृति नलिई प्रकाशन भएमा कारबाही गरिने सूचना समितिले पात्रोमार्फत प्रकाशन गरेको छ ।

समितिको स्वीकृति नलिई यस वर्ष तीन पात्रो प्रकाशन भएका छन् । नेपाल, मुक्तिनाथ र ज्वाला पञ्चाङ्ग समितिको स्वीकृति नलिई प्रकाशन भएका हुन् ।

यसैगरी हालसम्म नौ भित्तेपात्रो समितिको स्वीकृति नलिई प्रकाशन भएको पाइएको अनुगमन उपसमितिका सदस्य खिलहरि घिमिरेले बताए ।

समितिका स्वीकृति नलिई प्रकाशन हुने भित्तेपात्रोमा गोरखा उद्योग वाणिज्य सङ्घ गोरखा, हेल्पिङ सोसाइटी बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौं महानगरपालिका-२५ टेङ्गाल, अर्थ वृद्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड न्युरोड, काठमाडौं, सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका-३ धादिङ, तिमल्सिना समाज केन्द्रीय कार्यालय काठमाडौं, धन प्राप्ति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, न्युरोड, काठमाडौँ, स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड, टोखा नगरपालिका–७, धापासी, काठमाडौँ, नोक्पिन हाउस, न्युरोड, काठमाडौँ र कृष्ण मोहना गौशाला सुदूरपश्चिम प्रदेशले समितिको गठन आदेश विपरीती स्वीकृति नलिई भित्तेपात्रो प्रकाशन गरेको पाइएको घिमिरेले जानकारी दिए ।


राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानीसम्बन्धी अध्यादेश जारी गरेका छन्...

हस्तकला व्यवसायको आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका : मन्त्री भण्डारी

हस्तकला व्यवसायको आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका : मन्त्री भण्डारी

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २१:२३

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले हस्तकला व्यवसायले...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति पौडेल

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति पौडेल

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:२२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ८ वटा विषयमा समझदारीमा हस्तारक्षर, कस्ता छन् सम्झौता ?

नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ८ वटा विषयमा समझदारीमा हस्तारक्षर, कस्ता छन् सम्झौता ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १३:०३

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ८...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी, के हो इडुरोम ?, के हो नेअशिस ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी, के हो इडुरोम ?, के हो नेअशिस ?

वि.सं.२०८१ वैशाख ११ मंगलवार २२:२४

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे...

नेपालले सदस्यता लिएको २० वर्ष पुरा गर्दा पनि विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेनः मन्त्री भण्डारी

नेपालले सदस्यता लिएको २० वर्ष पुरा गर्दा पनि विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेनः मन्त्री भण्डारी

वि.सं.२०८१ वैशाख ११ मंगलवार १७:५३

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले अन्तर्राष्ट्रिय...