back

रियलमीले नेपालमा ‘माइटी पर्फमेन्स बुस्टर’ नार्जो ५० सार्वजनिक, कति पर्छ मूल्य? के के फिचर्स छ ?

nactional life

काठमाडौं । विश्वमै सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आज नेपालमा रियलमी नार्जो सिरीज अन्तर्गत नार्जो ५० सार्वजनिक गरेको छ ।

माइटी पर्फमेन्स बुस्टेड नार्जो ५० स्मार्टफोनमा रहेकोे उत्कृष्ट प्रोसेसर, उत्कृष्ट डिस्प्ले, छिटो चार्ज गर्ने क्षमता र लामो समयसम्म चल्ने ब्याट्री लाइफको स्मार्टफोन सार्वजनिक गरिएको हो ।

मेडियाटेक हेलियो जि ९६ द्वारा संचालित नार्जो ५० ले दुई कोर्टेक्स–ए७६ कोर र ६ वटा कोर्टेक्स–ए५५ कोरको २.० गिगाहर्ज का साथ उत्कृष्ट प्रदर्शन ल्याउने छ ।

१८० हर्जको टच स्याम्पलिङ्ग दरको र अल्ट्रा–स्मूथ १२० हर्ज रिफ्रेस दरको साथ ६.६ इन्च डिस्प्लेको साथ आउँछ जसले युवा गेमरहरुलाई सबैभन्दा सहज प्रदर्शन प्रदान गर्दछ । यो स्मार्टफोनमा लामो समय टिक्ने ५००० एमएएच् ब्याट्री छ र यसको ३३ वाट डार्ट चार्जिङले ७० मिनेटमै १००% ब्याट्री चार्ज गर्न सक्छ ।

रियलमी नार्जो ५० मा विशिष्ट डाइनेमिक ¥याम विस्तारको प्रविधि प्रयोग गरिएको छ, जसले नार्जोका गेमरलाई ११ जिबी र्यामसम्म विस्तार गरेको छ ।

५० एमपी एआई ट्रिपल क्यामेराका साथ उपलब्ध यो फोनले रातको समयमा उत्कृष्ट र गुणस्तरीय फोटो खिच्नुका साथै रातको शट लिँदा स्पष्ट र चम्किलो विवरण रहेका छन् ।

यसमा ५० एमपी ईमेज सेन्सर सहितको प्राईमरी क्यामेरा पनि राखिएको छ जसले पर्याप्त लाईट सुरक्षित राख्दछ र तस्बिरहरुलाई अझ स्पष्ट र उज्यालो बनाउँछ ।

सुपर क्लोज फोकस दूरीको साथ म्याक्रोे लेन्सले प्रयोगकर्ताहरुलाई विवरणसहितको म्याक्रोे फोटो खिच्न र बी एण्ड डब्लु लेन्सले पोट्र्रेटहरुका लागि कलात्मक प्रभाव प्रदान गर्दछ ।

रियलमी नार्जो ५० मा रेसिङ कारहरुबाट प्रभावित १७४ ग्राम तौल र ८.५ मिमि मोटाई भएका केभ्लार स्पिड टेक्स्चर डिजाइन जस्ता फिचर्स छ, यसको साइडमा पावर वटनका साथ अल्ट्रा फास्ट फिङ्गर प्रिन्ट दुवैको प्रावधान एकै वटनमा उपलब्ध छ ।

यो फोन दुई भिन्न आकर्षक रङ्गहरु स्पीड ब्ल्याक र स्पीड ब्लूमा उपलब्ध छ र दुई स्टोरेज भेरियन्टहरु ४+६४ जिबी मूल्य २२ हजार ९९९ रुपैयाँ र ६ ६+१२८ जिबी मूल्य २६ हजार ४९९ रुपैयाँ रहेको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुनको मूल्य सामान्य बढ्यो 

सुनको मूल्य सामान्य बढ्यो 

वि.सं.२०८३ असार २ मंगलवार १२:०८

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन मूल्य सामान्य बढेको...

नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड

नेपाल–भारत आर्थिक साझेदारी र साझा समृद्धिलाई अघि बढाउनुपर्नेमा जोड

वि.सं.२०८३ असार २ मंगलवार १०:५८

सिलिगुडी । नेपाल–भारत आर्थिक सहकार्यलाई थप सुदृढ बनाउँदै क्षेत्रीय साझा समृद्धिलाई...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ असार २ मंगलवार ०८:४१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

पेट्रोलियम पदार्थको मूल्य स्थिर

पेट्रोलियम पदार्थको मूल्य स्थिर

वि.सं.२०८३ असार २ मंगलवार ०८:३९

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

वि.सं.२०८३ असार २ मंगलवार ०८:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको...

पहिलो वर्षमै ४० प्रतिशत आईपीओ निष्कासनको व्यवस्था स्वागतयोग्य : इप्पान

पहिलो वर्षमै ४० प्रतिशत आईपीओ निष्कासनको व्यवस्था स्वागतयोग्य : इप्पान

वि.सं.२०८३ असार १ सोमवार १८:०९

काठमाडौं । निजी क्षेत्रका ऊर्जा व्यवसायीहरूले जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका...