back

नेपाल बंगलादेश बैंकद्वारा शुक्रराज ट्रपिकल अस्पताललाई रेम्डिसिभिर औषधि सहयोग

काठमाडौँ। नेपालमा बढ्दो कोभिड १९ को संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदयित्वअन्तर्गत ९० भायल रेम्डिसिभिर औषधि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई सहयोगस्वरूप प्रदान गरेको छ।

उक्त औषधि नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। अनुप बास्तोलालाई हस्तान्तरण गरेका थिए। बैंकले कोभिड १९ को संक्रमणको उच्च जोखिमको बेला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले गरेको कार्यको सरहाना गर्दै उक्त अस्पताललाई चयन गरेको जनाएको छ।

बैंकले सामाजिक उत्तरदायित्वलाई सधैँ उच्च प्राथमिकतामा राख्ने गरेको छ। बैंकले आफ्नो बंगलादेशस्थित साझेदार बैंक आईएफआईसी बैंक लिमिटेडसँग मिलेर आर्थिक वर्ष २०७६–७७ मा ५ हजार भायल तथा २०७८–७८ मा पनि ५ हजार भायल रेम्डेसिभिर नेपाल सरकारलाई सहयोग स्वरूप प्रदान गरेको थियो। उक्त औषधी बंगलादेशका लागि नेपालका राजदूत वंशीधर मिश्रलाई ढाकास्थित नेपाली दूतावासमा हस्तान्तरण गरेका थिए।

हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएममार्फत सबैका लागि बैंक’ भन्ने मूल नारासहित सम्पूर्ण बैंकिङ सुविधा दिँदै आएको छ।

२०७८ कार्तिक १० गते प्रकाशित


राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानीसम्बन्धी अध्यादेश जारी गरेका छन्...

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : अध्यक्ष ढकाल

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : अध्यक्ष ढकाल

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३९

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका...

लगानी सम्मेलन सुरु: सबैभन्दा धेरै चिनियाँ लगानीकर्ता,५५ भन्दा बढी देशबाट १६ सयभन्दा धेरै लगानीकर्ताको सहभागिता

लगानी सम्मेलन सुरु: सबैभन्दा धेरै चिनियाँ लगानीकर्ता,५५ भन्दा बढी देशबाट १६ सयभन्दा धेरै लगानीकर्ताको सहभागिता

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:४७

काठमाडौँ । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा सबैभन्दा धेरै...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, बैशाख अन्तिम साता ‘ब्रेक थ्रू’

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, बैशाख अन्तिम साता ‘ब्रेक थ्रू’

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:३१

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन...

तेस्रो लगानी सम्मेलन आजदेखि, ९ खर्बका परियोजना प्रस्तुत गरिँदै

तेस्रो लगानी सम्मेलन आजदेखि, ९ खर्बका परियोजना प्रस्तुत गरिँदै

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:२३

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत...

नेशनल लाईफ इन्स्योरेन्सको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २२:२४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न भएको...