back

साहस उर्जा र तेह्रथुम पावरको सेयर आइतबारबाट कारोबारमा आउने तयारी

काठमाडौँ। साहस उर्जा र तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर कारोबार आउँदो आइतबारदेखि धितोपत्र दोस्रो बजारमा आउने तयारी भएको छ ।
यी दुवै कम्पनीको आईपीओ भोलि बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत हुने भएसँगै आइतबारबाट कारोबारमा आउने देखिएको हो ।

‘यदि भोलि यी कम्पनीका अधिकारीहरु आईपीओ लिस्ट सम्झौता गर्न आए भोलि नै सूचीकृत हुन्छ’, नेप्सेका एक अधिकारीले भने।

यदि भोलि यी कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भए आउँदो आइतबारबाट कारोबार आउने छन्।

नेप्सेले पहिलो कारोबारका लागि तोकेको रेन्जभित्र यी दुवै कम्पनीको सेयर स्पेसल प्रि ओपनिङ सेसनमा किनबेच भएमा आइतबारबाट नियमित समयका लागि कारोबार खुल्नेछ।

नेप्सेले साहस उर्जालाई पहिलो कारोबारका लागि न्यूनतम १५७.४३ रुपैयाँदेखि अधिकतम ४७२.२९ रुपैयाँ ओपनिङ रेन्ज तोक्न सक्नेछ। यो कम्पनीलले ‘एसएएचएएस’ कारोबार संकेत पाएको छ।

यसैगरी तेह्रथुम पावरले पहिलो कारोबारका लागि न्यूनतम ८२.४४ रुपैयाँदेखि अधिकतम २४७.३२ रुपैयाँ ओपनिङ रेन्ज पाउनेछ। यो कम्पनीलाई नेप्सेले ‘टीपीसी’ कारोबार संकेत प्रदान गरेको छ।

गत असोज ६ गतेदेखि १० गतेसम्म साहस उर्जाको १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता साधारण सेयर बिक्री खुला गरिएको थियो।

यो कम्पनीको आईपीओ बाँडफाँड गत असोज १७ गते भएको थियो।

यसैगरी तेह्रथुप पावरको रु. ८ करोडको आईपीओ गत भदौ ९ गतेबाट भदौ १५ गतेसम्म बिक्री गरिएको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो।

यो कम्पनीको आईपीओ बाँडफाँड भदौ २५ गते भएको थियो।

२०७८ कार्तिक १० गते प्रकाशित


सरकारले प्रजातन्त्र दिवस मनाउने, प्रधानमन्त्रीको अध्यक्षतामा समिति गठन

सरकारले प्रजातन्त्र दिवस मनाउने, प्रधानमन्त्रीको अध्यक्षतामा समिति गठन

वि.सं.२०८१ माघ २७ आइतवार १२:५५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस,...

जलवायु परिवर्तनको सामना गर्न वित्तिय स्रोत आवश्यक : मन्त्री शाही

जलवायु परिवर्तनको सामना गर्न वित्तिय स्रोत आवश्यक : मन्त्री शाही

वि.सं.२०८१ माघ २७ आइतवार १२:२८

काडमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको...

नेपालले आफैंले नगरेको अपराधको सजाय भोगिरहेको छ : सभामुख घिमिरे

नेपालले आफैंले नगरेको अपराधको सजाय भोगिरहेको छ : सभामुख घिमिरे

वि.सं.२०८१ माघ २७ आइतवार १२:१०

काठमाडौं । सभामुख देवराज घिमिरेले नविकरणीय उर्जाको प्रवद्र्धन, वातावरणीय कानुन...

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

वि.सं.२०८१ माघ २७ आइतवार १०:३७

काठमाडौं । आइतबार प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक...

मापदण्ड पूरा नगरेका निजी अस्पताल बन्द गर्न निर्देशन : मुख्यमन्त्री सिंह

मापदण्ड पूरा नगरेका निजी अस्पताल बन्द गर्न निर्देशन : मुख्यमन्त्री सिंह

वि.सं.२०८१ माघ २७ आइतवार १०:३२

जनकपुर । जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइ लगायतका मापदण्ड पुरा...

यस्तो छ सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

यस्तो छ सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

वि.सं.२०८१ माघ २५ शुक्रवार १६:४८

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष...