back

दलित कोटाबाट एमाले केन्द्रीय सदस्यमा अफिलाल ओखेडाको उम्मेदवारी

nactional life

काठमाडौं । नेकपा एमालेको जारी महाधिवेशनमा दलित कोटाको तर्फबाट अफिलाल ओखेडाले उम्मेदवारी दिएका छन् । केन्द्रीय सदस्यमा दोहोरिने तयारीका साथ बझाङका केन्द्रीय सदस्य अफिलाल ओखेडा दोहोरिने तयारीमा छन् ।

लोक कल्याणकारी राज्य, विधिको शासन, सामाजिक न्याय, समतामूलक समाज, राष्ट्र राष्ट्रियतालाई राजनीतिले मात्र सन्तुलनमा ल्याउने भएकाले आफू राजनीतिमा सक्रिय रहेको ओखेडा बताउँछन् ।

२०४६ सालबाट एमालेको सक्रिय राजनीतिमा जोडिएका ओखेडाले २०४९ को तत्कालीन हेमन्तवाडा गाविस ५ नं वडा कमिटी सचिव भएका थिए । त्यसपछि उनी एमालेको गाउँ कमिटी सचिव, इलाका कमिटी सदस्य हुँदै २०६३ सालमा जिल्ला कमिटी सदस्य भएका थिए । २०६९ मा राष्ट्रिय प्रतिनिधि परिषद् तथा अञ्चल कमिटी सदस्य २०७३ मा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य भएका थिए । उनी दोस्रो संविधानसभा सदस्य पनि हुन् । उनी भूगोलबाट वडादेखि जिल्ला अध्यक्षसम्म भएका छन् ।

एमालेको १०औँ महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य भएका थिए । उनी अहिले पनि दोहोरिने तयारीमा छन् । दुर्गम ठाउँमा वडाबाट पार्टी राजनीति सुरु गरेर केन्द्रीय सदस्य भएको छु र दोस्रो कार्यकालका लागि पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने ओखेडा बताउँछन् ।

उनले भने, ‘राजनीतिमा सानै उमेरदेखि लागेको हुँ । वडाबाट राजनीति सुरु गरेँ । १०औँ महाधिवेशनमा केन्द्रीय सदस्य भएको हुँ ।’ २०८१ सालमा बझाङमा भएको प्रदेशसभा उपनिर्वाचनमा एमालेलाई विजयी गराउन ओखेडाको महत्त्वपूर्ण भूमिका थिए । २०७९ सालमा कांग्रेसले जितेको प्रदेशसभा ’क’मा उपनिर्वाचनमा एमालेले जितेको थियो । संविधानसभामा हुँदा राम्रो संसदीय भूमिका खेलेको उनको राम्रो इतिहास छ । उनी गत प्रदेशसभाको निर्वाचनमा थोरैमात्र मतले पराजित भएका थिए । उनले पार्टीलाई सशक्त र जुझारु बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जेनेभामा नेपाली निजामती ट्रेड युनियनको पक्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता, सरकारी कदमप्रति चिन्ता व्यक्त

जेनेभामा नेपाली निजामती ट्रेड युनियनको पक्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता, सरकारी कदमप्रति चिन्ता व्यक्त

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३२

काठमाडौं । स्विट्जरल्यान्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को...

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

वि.सं.२०८३ जेठ २७ बुधवार १३:२९

काठमाडौं । शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची अन्तर्गत सूचना तथा...

ट्रम्पले सेयर गरे आफ्नै प्रशंसामा बनेको एआईमा आधारित भिडियो

ट्रम्पले सेयर गरे आफ्नै प्रशंसामा बनेको एआईमा आधारित भिडियो

वि.सं.२०८३ जेठ २४ आइतवार ११:२७

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) प्रविधिबाट...

भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?

भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?

वि.सं.२०८३ जेठ २४ आइतवार ११:००

काठमाडौं । भारतमा घरेलु प्रयोगका एलपी ग्यास सिलिन्डरको मूल्य २९...

नेपालको बैंकिङ क्षेत्रमा नयाँ क्रान्ति: अब ‘पेमेन्ट गेटवे’ होइन, बन्दैछ ‘फिनटेक मार्केटप्लेस’

नेपालको बैंकिङ क्षेत्रमा नयाँ क्रान्ति: अब ‘पेमेन्ट गेटवे’ होइन, बन्दैछ ‘फिनटेक मार्केटप्लेस’

वि.सं.२०८३ जेठ २० बुधवार १२:२२

काठमाडौं । अहिलेको युग डिजिटल प्रविधिको हो। गोजीमा नगद बोकेर हिँड्ने...

झापाको फोहोर व्यवस्थापन आयोजना ’कबाडीखाना’ मा परिणत भएको छ :सांसद ओली

झापाको फोहोर व्यवस्थापन आयोजना ’कबाडीखाना’ मा परिणत भएको छ :सांसद ओली

वि.सं.२०८३ जेठ १२ मंगलवार १४:४१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले झापाको कनकाई...