back

पहिलो चार महिनामा विप्रेषण ३१.४ प्रतिशतले वृद्धि, बाह्य सूचक बलियो

कर्जा प्रवाह अझै सुस्त

nactional life

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालमा विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको छ ।

नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार साउनदेखि कात्तिकसम्म विप्रेषण आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले मात्र बढेको थियो ।

अमेरिकी डलरमा समेत विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार देखिएको छ । चालू आवको कात्तिकसम्म डलरमा विप्रेषण २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड पुगेको छ, जबकि अघिल्लो वर्ष यस अवधिमा यस्तो वृद्धि ८.२ प्रतिशत रहेको थियो । विप्रेषण आप्रवाह बढेसँगै मुलुकका बाह्य आर्थिक सूचकहरू थप बलियो भएका छन् । चालू आवको कात्तिकसम्म चालू खाता २ खर्ब ७९ अर्ब ६५ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब ४७ अर्ब ७८ करोड रुपैयाँले बचतमा थियो ।

विदेशी मुद्रा सञ्चिति बढ्दो
विदेशी मुद्रा सञ्चिति पनि उल्लेख्य रूपमा बढेको छ । २०८२ असारसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको विदेशी मुद्रा सञ्चिति १४.१ प्रतिशतले वृद्धि भई २०८२ कात्तिकमा ३० खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा सञ्चिति असारमा १९ अर्ब ५० करोड रहेकोमा कात्तिकमा १०.३ प्रतिशतले वृद्धि भई २१ अर्ब ५२ करोड पुगेको छ ।

राष्ट्र बैंकका अनुसार हालको विदेशी विनिमय सञ्चिति आव २०८२/८३ को कात्तिकसम्मको आयातलाई आधार मान्दा २०.८ महीनाको वस्तु आयात र १७.४ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।

कर्जा प्रवाह अझै सुस्त
बाह्य सूचक बलियो भए पनि बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह भने सुस्त नै रहेको छ । चालू आवको कात्तिकसम्म कर्जा प्रवाह १.२ प्रतिशत मात्र बढेर ६५ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कर्जा प्रवाह १ खर्ब २८ अर्ब ४७ करोड रुपैयाँ अर्थात् २.५ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकले चालू आवमा कर्जा विस्तारका लागि लचिलो मौद्रिक नीति ल्याए पनि आर्थिक गतिविधि अपेक्षित रूपमा चलायमान नहुँदा कर्जा प्रवाह बढ्न नसकेको हो । भदौमा भएको जेनजी आन्दोलनपछि कर्जा प्रवाह थप सुस्त भएको राष्ट्र बैंकले जनाएको छ ।

कर्जा विस्तारलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले मङ्सिर १५ मा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै थप लचिलो नीति अपनाएको छ । साथै, सोमवार एकीकृत निर्देशन संशोधन गरी कर्जा प्रवाहसम्बन्धी प्रावधानहरू पनि खुकुलो बनाइएको छ ।

मुद्रास्फीति न्यून विन्दुमा
चालू आवको कात्तिक महिनामा उपभोक्ता मूल्य वृद्धिदर १.११ प्रतिशतमा झरेको छ । खाद्य तथा पेय पदार्थ समूहको मूल्य घट्दा समग्र मुद्रास्फीति न्यून विन्दुमा आएको हो । कात्तिकमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३२ प्रतिशतले ऋणात्मक रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:३३

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यधिक र ब्याकलग बन्दै...

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४१

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय...

विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले

विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ जेठ २७ बुधवार १३:२५

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत् शक्तिको कारोबार गर्ने...

बढ्दो अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा ६० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिचिँदै

बढ्दो अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा ६० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिचिँदै

वि.सं.२०८३ जेठ २७ बुधवार १३:२१

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता...

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै...

स्वास्थ्य मन्त्री निशा मेहताको कडाइ : ११ स्वास्थ्य संस्थाबाट १.७८ करोड रुपैयाँ बक्यौता उठाइने

स्वास्थ्य मन्त्री निशा मेहताको कडाइ : ११ स्वास्थ्य संस्थाबाट १.७८ करोड रुपैयाँ बक्यौता उठाइने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशन...