back

पाकिस्तानमा भारतको हवाई आक्रमण : ८ जनाको मृत्यु ३५ जना घाइते

nactional life

नयाँ दिल्ली । भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ काश्मीरका ९ स्थानमा हवाई आक्रमण गरेको छ। भारतको रक्षा मन्त्रालयले पाकिस्तानका विभिन्न ९ स्थानमा आक्रमण भएको दाबी गरेको छ ।

भारतले पाकिस्तानका बहावलपुर, मुरीदके, गुलपुर, सवाई, बिलाल, कोटली, बरनाला, सरजाल र महमूनामा आक्रमण गरेको हो । आक्रमणबाट आठजनाको मृत्यु भएको पाकिस्तानले दाबी गरेको छ । पाकिस्तानी सैन्य प्रवक्ताले रोयटर्स र एएफपी समाचार संस्थालाई दिएको जानकारी अनुसार भारतले पाकिस्तानमा गरेको आक्रमणमा मृत्यु हुने नागरिकको संख्या ८ पुगेको छ भने ३५ जना घाइते भएका छन् । दुईजना हराइरहेको बताइएको छ ।

पाकिस्तानी सेनाले दुई बालबालिकासहित आठजनाको मृत्यु भएको बताएको छ । प्रवक्ताले ६ स्थानमा २४ वटा मिसाइल प्रहार गरिएको जानकारी दिएका छन् । आक्रमणमा तीन बालबालिकाको साथमा सात जनाको ज्यान गएको पाकिस्तानले जनाएको छ। अहिले धेरै भारतीय विमना सेवाहरूले भारत अधीनस्थ काश्मीरको उडान रद्द गरेका छन्। संसारका धेरै एयरलाइन्सका विमान पाकिस्तानको बाटो बाट अन्यत्र डाइभर्ट हुन थालेका छन्।

पाकिस्तानी सूचना मन्त्री अतुल्लाह तरारले भारतले सीमा नै पार गरेको प्रतिक्रिया दिँदै यसको प्रतिकार गर्ने चेतावनी समेत दिए । पाकिस्तानले कम्तीमा दुई भारतीय जेट तथा ड्रोन खसालेको बताएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...

दार्चुलामा भारतीय हेलिकोप्टर किन आयो, सरकारको जवाफ चाहियो : सांसद दुलाल 

दार्चुलामा भारतीय हेलिकोप्टर किन आयो, सरकारको जवाफ चाहियो : सांसद दुलाल 

वि.सं.२०८३ असार १ सोमवार १२:५५

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले...

नापीका सेवा र राजस्व अब ‘मेरो कित्ता’ मार्फत

नापीका सेवा र राजस्व अब ‘मेरो कित्ता’ मार्फत

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:५८

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले जग्गाको नक्सा, फिल्डबुकलगायत नापी...

जेनेभामा नेपाली निजामती ट्रेड युनियनको पक्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता, सरकारी कदमप्रति चिन्ता व्यक्त

जेनेभामा नेपाली निजामती ट्रेड युनियनको पक्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता, सरकारी कदमप्रति चिन्ता व्यक्त

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३२

काठमाडौं । स्विट्जरल्यान्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को...

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

वि.सं.२०८३ जेठ २७ बुधवार १३:२९

काठमाडौं । शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची अन्तर्गत सूचना तथा...

ट्रम्पले सेयर गरे आफ्नै प्रशंसामा बनेको एआईमा आधारित भिडियो

ट्रम्पले सेयर गरे आफ्नै प्रशंसामा बनेको एआईमा आधारित भिडियो

वि.सं.२०८३ जेठ २४ आइतवार ११:२७

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) प्रविधिबाट...