back
himalayan life

जनताले भने एमसीसी साच्चिकै नै राम्रो रहेछ : सभापति देउवा

काठमाडौं ।  नेपाली  कांग्रेसका सभापति शेरबहादुर देउवाले हाम्रो देश भारत र चिनको  बीचमा रहेकाले नेपालमा समेत धेरै कुरामा असर पर्ने गरेको बताएका छन्।

बुधबार नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठी कार्यक्रममा बोल्दै उनले एमसीसी पास गर्ने बेलामा धेरै विरोध भए पनि अहिले आएर सबैले त्यो  साच्चिकै नै  राम्रो  छ भन्ने लागेको बताए ।

उनले भने, ‘हाम्रो देश भारत र चिनको बीचमा छ । यी दुई देशमा परेको असर हाम्रो देशमा नि पर्छ । तर अहिले चाँही एमसीसी पास गर्ने बेलामा र प्रतिनिभिसभाबाट पारित गर्ने क्रममा धेरै विरोधहरु भएँ । तर अहिले  आएर सबैले  साच्चिकै  राम्रो  रहेछ यो  एमसीसी भनेर बुझेका छन् ।’

यसैगरी उक्त कार्यक्रममा बोल्दै पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले राज्यले  देशलाई विकासमा परिवर्तन गर्न इच्छा शक्ति बढि राख्नुपर्ने बताएका छन् । उनले उत्तर  दक्षिण मित्र राष्ट्रहरुसँगको समउन्नतिसँग लाभान्वित हुनुपर्ने  र विकास निर्माणमा भैइरहेको ढिलाई बारे गहन रुपमा छलफल गर्नुपर्ने बताए ।

उनले भने, ‘हामीले आफूले गरेको परियोजनाहरु बाहेक यस्तो  छलफलहरुमा खुलेरै छलफल गर्दा हामीले धेरै सम्झिनुपर्ने कुरा छ । उत्तरी मित्र राष्ट्र कुनै  कम्पनिले निर्माण गरिरहेको बुटवलदेखी भौरहवाको र बुटवलदेखी नारायणघाट सडकको खुलेर छलफल गनुपर्छ । तर पूर्वाधारहरु सहयोगको सन्र्दभमा लिँदै गर्दा त्यसले निश्चित समयावधि हेर्न आवश्यक छ ।

अहिले पनि ग्वार्कोको  फ्लाई ओभर हामीलाई गिज्जयाई रहेको अवस्था छ , त्यसैले राज्यले  यो बेला विकास निर्माणका कुरामा इच्छा शक्ति राख्नुपर्छ । उत्तर  दक्षिण मित्र राष्ट्रहरुसँगको समोन्नतिसँग लाभान्वित हुनु छ । र विकास निर्माणका ढिलाईका कुराहरुमा पनि हाम्रा कमजोरी र मित्र राष्ट्रहरुका कमजोरीहरु पनि गहन रुपमा छलफल गरेर जानुपर्ने छ ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पाथीभरा केवलकार विवाद समाधान गर्न विश्व राईको संयोजकत्वमा बन्यो कार्यदल

पाथीभरा केवलकार विवाद समाधान गर्न विश्व राईको संयोजकत्वमा बन्यो कार्यदल

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०४

काठमाडौं । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरु

अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरु

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१२

काठमाडौं । संयुक्त राज्य अमेरिका वा उसका साझेदारहरूले बदनियतपूर्वक काम...

कक्षा १२ को परीक्षाफल सार्वजनिक, २ लाख ३१ हजार ७७० जना विद्यार्थी ग्रेडेड

कक्षा १२ को परीक्षाफल सार्वजनिक, २ लाख ३१ हजार ७७० जना विद्यार्थी ग्रेडेड

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१०

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालित कक्षा १२...

फिफा विश्वकप २०२६: कतारसँग ६–० ले क्यानडाको ऐतिहासिक जित

फिफा विश्वकप २०२६: कतारसँग ६–० ले क्यानडाको ऐतिहासिक जित

वि.सं.२०८३ असार ५ शुक्रवार १०:५७

काठमाडौं । फिफा विश्वकप २०२६को सह–आयोजक क्यानडाले विश्वकप फुटबलमा ऐतिहासिक...

पुरानो तस्वीरले पल्टायो इतिहास : ३० वर्षपछि आकाश भैरवका दुर्लभ मूर्ति स्वदेश फर्काइयो

पुरानो तस्वीरले पल्टायो इतिहास : ३० वर्षपछि आकाश भैरवका दुर्लभ मूर्ति स्वदेश फर्काइयो

वि.सं.२०८३ असार ५ शुक्रवार १०:४०

रामेछाप। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एउटा पुरानो तस्वीरले तीन दशकअघि...

गृहमन्त्री गुरुङद्वारा सुरक्षा, साइबर अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा प्रविधिमैत्री योजना घोषणा

गृहमन्त्री गुरुङद्वारा सुरक्षा, साइबर अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा प्रविधिमैत्री योजना घोषणा

वि.सं.२०८३ असार ४ बिहीवार १८:१३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमार्फत गृह...