अर्थ मन्त्रालयले जेठ १० मा आगामी बजेटको रातो किताब छाप्ने, सुझाव दिन अझै पाईने
वि.सं.२०७८ चैत २४ बिहीवार
काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० बजेटको कार्यतालिका तयार पारेको छ। संविधानअनुसार अर्थमन्त्रीले जेठ १५ मा संसदमा बजेट प्रस्तुत गर्नुपर्ने व्यावस्था छ।
त्यसअनुसार मन्त्रालयले आयरव्याय सम्बन्धी किताब (रातो किताब) जेठ १० गते नै छपाई गर्न प्रेस पठाउने तय गरेको ्मन्त्रालयले जनाएको छ। साथै जेठ ८ गते राष्ट्रपतिसमक्ष बजेट ब्रिफिङ गरिने बहेको छ।
मन्त्रालयले बजेटका लागि सुझाव लिन सांसद, पूर्व अर्थमन्त्रीहरु, युवा तथा बिद्यार्थीलगायतसँग चाडै छलफल गर्दैछ ।
भौतिक रुपमा छलफलमा उपस्थित भई सुझाव दिन नसक्ने सर्वसाधारणका लागि मन्त्रालयले ११३८ नम्बरको टोल फ्रि उपलब्ध गराएको छ । कार्यालय समयमा फोन गरी सुझाव दिन सकिने टोल फ्रि नम्बरमा पनि उत्साहजनक हिसाबले सुझावहरु आइरहेका छन् ।
प्रकाशित समय : १२:३३ बजे





















