प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा सम्झना अर्याल नियुक्त
वि.सं.२०८२ पुस १६ बुधवार
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको छ । कम्पनीका सचिव किशोर प्रसाद लामिछानेका अनुसार कम्पनीको २४औँ सञ्चालक समितिको बैठकले अध्यक्षमा सम्झना अर्याल नियुक्त गरेको हो ।
कम्पनीको अध्यक्ष रहेकी शिक्षा भट्टचनले राजीनामा दिएपछि अर्याललाई नियुक्त गरिएको लामिछानेले जानकारी दिए ।कम्पनीको रिक्त सञ्चालक समितिको सदस्यको पदमा संस्थापक शेयर धनीको प्रतिनिधित्व गर्ने गरी संस्थापक शेयर धनी क्लाउड मण्डप प्रा.लि को तर्फबाट बहादुर भट्टचन नियुक्त भएका छन् ।
प्रकाशित समय : ११:२१ बजे





















