सप्तकोशी डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा लिम्बु नियुक्त

वि.सं.२०८२ जेठ १४ बुधवार

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको सव्तन्त्र सञ्चालकमा टेक नन्द ईवा लिम्बु नियुक्त भएका छन् । जेठ १३ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघिका सञ्चालक मनोज कुमार आचार्याले आफ्नो व्यक्तिगत कारण देखाई पदबाट राजिनामा दिएका थिए । उनले दिएको राजिनामालाई बैंक सञ्चालक समितिको जेठ १३ गते बसको बैठकले स्वीकृती गरेको हो ।

प्रकाशित समय : १५:१४ बजे