निफ्राको सञ्चालकबाट चन्द्र ढकालले दिए राजीनामा
वि.सं.२०७९ चैत ८ बुधवार
काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राका सञ्चालक समिति सदस्य चन्द्र ढकालले पदबाट राजीनामा दिएका छन् ।
आईएमई लिमिटेडबाट बैंकमा प्रतिनिधित्व गरेका ढकालले कार्यव्यवस्तता बढेको र समय दिन नसक्ने भन्दै राजीनामा दिएका हुन् ।
ढकालले चैत ७ गते राजीनामा दिएकोमा बैंकको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ ।
प्रकाशित समय : १४:०७ बजे





















