back
himalayan life

सिटिजन्स बैंकको सीईओमा गणेशराज पोखरेलको निरन्तरता

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बुधबार बसेको ४११औं सञ्चालक समितिको बैठकले हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललाई आगामी ४ बर्षको कार्यकालका लागि सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको छ ।

पोखरेलले स्थापना काल देखिनै बैंकसंग आवद्ध भई विभिन्न ओहदामा रहि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएको छ । साथै २०६५ साल देखिनै दोस्रो वरियतामा रहि बैंकमा कार्य सम्पादन गर्दै आएका छन् ।

पोखरेलले बैंकको नेतृत्वदायी भूमिका सम्हालेपछि उदाहरणीय लगन, परिश्रम, दृढता, संकल्प, दक्षता र दृढ अठोट प्रदर्शन गर्नु हुदैँ आफ्नो प्रथम कार्यकाल पूर्णरुपमा सफल बनाएका छन् ।

उनको कार्यकालमा ग्राहक संख्या, डिम्याट संख्या, मोबाईल बैकिङ तथा अन्य डिजिटल एवं ट्रानजेक्सन बैकिङ सेवा सुविधा लगायतका अधिकांश सूचक तथा ब्राण्डिङ्मा राम्रो उपलब्धी हाँसिल गर्न सफल भएको छ ।

बैंकले उनको पहिलो ४ बर्षे कार्यकालमा निक्षेप औषतमा वार्षिक २६.०४% बृद्धि गरि हाल रु १६१.४५ अर्ब पुगेको छ भने कर्जा औषतमा वार्षिक २३.६२% बृद्धि गरि हाल रु १४२.५४ अर्ब र चुक्ता पूँजी रु. १४.२० अर्ब पुगेकोे छ ।

त्यसै गरि खुद नाफा ४ वर्षमा औषतमा वार्षिक १२.९१% बृद्धि भई आ.व. २०७८÷७९ मा रु २ अर्ब पुगेको छ ।

सोहि अबधिमा बैंकको पँुजि कोष सबल बनाउने, शाखा तथा व्यापार व्यवसाय बढाउने ध्येयले प्रदेश १ मा सृजना फाईनान्स लिमिटेड, मधेश प्रदेशमा सहयोगी विकास बैंक लिमिटेड र लुम्बिनी प्रदेशमा तिनाउ मिशन विकास बैंक लिमिटेडलाई समेत प्राप्ति गरि बैंकले हाल देशैभरी १८२ शाखा कार्यालय, ३ विस्तारित काउण्टर, १३५ एटिएम, ९७ शाखा रहित बैंकिङ इकाई र २० माईक्रो फाईनान्स इकाईबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकको १५ लाखभन्दा बढीको संख्यामा ग्राहकहरु रहेको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिटौलाको नेतृत्वमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

सिटौलाको नेतृत्वमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

वि.सं.२०८३ असार ३ बुधवार १८:५०

काठमाडौं । नेपालको सार्वजनिक यातायात क्षेत्रको छाता संगठन ‘नेपाल यातायात...

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

वि.सं.२०८३ असार ३ बुधवार १२:२२

काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रकै नेतृत्वदायी भूमिकामा रहेको नेपाल...

बार्न अध्यक्षमा नेपाल एयरलाइन्सका अनिल घिमिरे

बार्न अध्यक्षमा नेपाल एयरलाइन्सका अनिल घिमिरे

वि.सं.२०८३ जेठ २४ आइतवार १६:१८

काठमाडौं । नेपालमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको छाता संगठन...

राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित

राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित

वि.सं.२०८३ जेठ १५ शुक्रवार १०:५२

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा झापाका लक्ष्मीप्रसाद उप्रेती निर्वाचित...

प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन

प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन

वि.सं.२०८३ जेठ ५ मंगलवार १६:३५

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई सर्वसम्मत...

मोबाइल व्यवसायी महासंघको अध्यक्षमा घिमिरे, महासचिवमा आचार्य

मोबाइल व्यवसायी महासंघको अध्यक्षमा घिमिरे, महासचिवमा आचार्य

वि.सं.२०८३ जेठ ३ आइतवार १८:०१

काठमाडौँ। नेपाल मोवाइल व्यवसायी महासंघको अध्यक्षमा रमेश घिमिरे निर्वाचित भएका...