पोखरा फाइनान्सको सीईओमा ४ वर्षका लागि पुन: रविचन्द्र गुरुङ नियुक्त
वि.सं.२०७९ जेठ २० शुक्रवार
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुन रविचन्द्र गुरुङ नियुक्त भएका छन् । बैंकले एक सूचना प्रकाशित गर्दै गुरुङलाई पुन नियुक्त लिएको जनाएको हो ।
जेठ १९ गते बसेको संचालक समितिको बैंठकले असार १० गते देखि लागू हुने गरी गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको हो । गुरुङको कार्यकाल ४ वर्षका लागि हुनेछ ।
प्रकाशित समय : १२:५७ बजे





















