back
himalayan life

नेरूडे मिर्मिरे लघुवित्तद्वारा ढुंगेलको परिवारलाई ८ लाख बीमा दावी रकम

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले लिलाप्रसाद ढुंगेलको परिवारलाई ८ लाख रुपैयाँ बीमा दावी रकम हस्तान्तरण गरेको छ ।

जागृती नेरूडे मिर्मिरे व्यवसायिक समूहका सदस्य लिलाप्रसाद ढुंगेलको दुःखद निधन पश्चात उनकी श्रीमती मनिषा ढुंगेललाई कम्पनीले बीमा दावी तथा क्रिया खर्च वापत ८ ३९ हजार ४५६ रकम भुक्तानी गरेको हो।

एक विशेष कार्यक्रमका बीच, बुद्धशान्ती गाउँपालिका वडा नं ५ का वडा सदस्य नरबहादुर कुमालले उक्त बीमा दावी रकम स्थानीय भद्रभलादमी तथा केन्द्रका सदस्यहरूको उपस्थितिमा हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा वडासदस्य कुमालले नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सदस्यहरूसंग लिने मात्र नभइ विभिन्न सेवा प्रदान गर्ने र उनीहरूको आर्थिक सुरक्षा तथा विपत्तिको समयमा सहयोग पुर्‍याउँदै आएको भन्दै संस्थाको कार्यको प्रशंसा गरे । उनले यसले कमजोर आर्थिक अवस्थामा रहेका सदस्यहरूको सम्पत्ति सुरक्षित राख्न मद्दत पुगेको बताए ।

लिलाप्रसाद ढुंगेलको निधनपछि गर्भवती अवस्थामा रहेका उनकी श्रीमती मनिषा ढुंगेलले यो बीमा रकमले आफू र आफ्नो सन्तानको जीवनयापनमा ठूलो सहयोग पुगेको भन्दै संस्थाप्रति आभार प्रकट गरिन् । कार्यक्रममा बुधबारे शाखाका शाखा प्रमुख इन्द्रजित चौधरी र अन्य कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

हिमालयन लघुवित्तद्वारा ३ लाख ७५ हजार बीमा दाबी तथा ऋण मिनाहा भुक्तानी

हिमालयन लघुवित्तद्वारा ३ लाख ७५ हजार बीमा दाबी तथा ऋण मिनाहा भुक्तानी

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:०१

काठमाडौं ।  हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्लाही जिल्लाको हरिवन...

उपकार लघुवित्तको साधारण सभा आह्वान: हकप्रद शेयर र मर्जर मुख्य एजेन्डा

उपकार लघुवित्तको साधारण सभा आह्वान: हकप्रद शेयर र मर्जर मुख्य एजेन्डा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १३:४६

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद शेयर निष्काशनको...

फरवार्ड माइक्रोफाइनान्सले लाभांश वितरण नगर्ने

फरवार्ड माइक्रोफाइनान्सले लाभांश वितरण नगर्ने

वि.सं.२०८२ फागुन २५ सोमवार ११:२१

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई लाभांश...

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८२ माघ २५ आइतवार १२:२७

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर...

हिमालयन लघुवित्तको लाभांश घोषणा, नगद र बाेनस कति ?

हिमालयन लघुवित्तको लाभांश घोषणा, नगद र बाेनस कति ?

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १३:४४

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट...

आरम्भ चौतारी लघुवित्तले शेयरधनीलाई लाभांश नदिने

आरम्भ चौतारी लघुवित्तले शेयरधनीलाई लाभांश नदिने

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १३:४१

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले यस वर्ष लाभांश...