एनआईसी एशिया लघुवित्तको सीईओमा चोलराज शर्मा नियुक्त

वि.सं.२०८१ साउन ६ आइतवार

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा चोलराज शर्मा जोशी नियुक्त भएका छन् ।
लघुवित्तको साउन ६ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले जोशीलाई संस्थाको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि एनआईसी एशिया बैंक लिमिटेडबाट डप्युटेड भई लक्ष्मण चालिसेले २०७७ कात्तिक ४ गतेदेखि सीईओको कार्यभार सम्हाल्दै आएका थिए ।
यसैबीच बैंकले साउन ६ गतेदेखि लागू हुने गरी चालिसेलाई फिर्ता बोलाएपछि कम्पनीले सीईओमा चोलराजलाई नियुक्ति गरेको कम्पनीले जानकारी दिएको हो । निजलाई साउन ७ गतेदेखि लागू हुने गरी ४ वर्ष कार्यकालका लागि नियुक्त गर्ने गरेको कम्पनीले बताएको छ ।

प्रकाशित समय : १२:१८ बजे