back

गणपति लघुवित्तको खुद नाफा ४८.३५ प्रतिशत

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासा खुद नाफा ४८.३५ प्रतिशत घटेर १ करोड ३१ लाख ५१ हजार रुपैयाँ आर्जन गरेको छ ।

गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २ करोड ५४ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ९ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी २.६२ प्रतिशत घटेर ९ करोड २२ लाख २६ हजार रुपैयाँ आर्जन गरेको छ ।

गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ९ करोड ४७ लाख ३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ५.६८ प्रतिशत बढेर १२ करोड ८३ लाख १ हजार रुपैयाँ र सञ्चालन नाफा ६८.५४ प्रतिशत घटेर ६८ लाख ३९ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १९ प्रतिशत बढेर १५ करोड १५ लाख ५४ हजार रुपैयाँ, जगेडा कोष ६.४४ प्रतिशत बढेर ४ करोड २४ लाख ४२ हजार रुपैयाँ, सापटी ५१.७३ प्रतिशत बढेर १ अर्ब ४८ करोड २७ लाख २९ हजार रुपैयाँ, निक्षेप २९.०४ प्रतिशत बढेर ५५ करोड ३१ लाख २० हजार रुपैयाँ र कर्जा ४३.८८ प्रतिशत बढेर २ अर्ब १९ करोड २७ लाख ३ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ९ पैसा घटेर ११ रुपैयाँ ९ पैसामा सिमित भएको छ ।

लघुवित्तको मूल्य आम्दानी अनुपात ११०.६७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ रहेको छ ।


विन नेपाल लघुवित्तको एफपीओ आज बन्द हुदै

विन नेपाल लघुवित्तको एफपीओ आज बन्द हुदै

वि.सं.२०८१ चैत २६ मंगलवार १०:०६

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २१...

आजदेखि विन नेपाल लघुवित्तको एफपीओ खुल्यो

आजदेखि विन नेपाल लघुवित्तको एफपीओ खुल्यो

वि.सं.२०८१ चैत २१ बिहीवार १०:३५

काठमाडौ। विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आज देखि एफपीओ...

स्वाभिमान लघुवित्तको लाभांश घोषणा : बोनस र नगद कति ?

स्वाभिमान लघुवित्तको लाभांश घोषणा : बोनस र नगद कति ?

वि.सं.२०८१ चैत ८ शुक्रवार १०:३४

काठमाडौं ।  स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको...

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट

वि.सं.२०८१ चैत १ शुक्रवार ११:०२

काठमाडौं । आज शुक्रबार स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ...

स्वरोजगार लघुवित्तको लाभांश घोषणा : बोनस कति ?

स्वरोजगार लघुवित्तको लाभांश घोषणा : बोनस कति ?

वि.सं.२०८१ फागुन २२ बिहीवार ११:०३

काठमाडौं। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट...

आजदेखि स्वरोजगार लघुवित्तको एफपीओ खुल्यो

आजदेखि स्वरोजगार लघुवित्तको एफपीओ खुल्यो

वि.सं.२०८१ फागुन १८ आइतवार १२:३७

काठमाडौ - स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि थप सार्वजनिक...