मञ्जुश्री फाइनान्सको कम्पनी सचिवमा विकाश राज शाक्य नियुक्त
वि.सं.२०७९ वैशाख २२ बिहीवार
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले कम्पनी सचिवमा विकाश राज शाक्यलाई नियुक्त गरेको छ । कम्पनीले आज (बिहिबार) नेप्से मार्फत एक सूचना प्रकाशित गर्दै कम्पनी सचिव परिवर्तन गरेको जनाएको हो ।

बैशाख २२ गते बसेको संचालक समितिको २२४औ बैठकले प्रबन्धकको जिम्मेवारीमा रहेका शाक्यलाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो । शाक्यको आजैको मिति देखि लागू हुने गरी उक्त जिम्मेवारी दिएको हो ।
प्रकाशित समय : ११:४९ बजे





















