back
himalayan life

सवारी इम्बोस्ड नम्बर प्लेट जडान गर्दा सरकारलाई २ अर्ब फाइदा हुने

काठमाडौँ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्दा राज्यलाई २ अर्ब फाइदा हुने बताए ।

आज (बुधबार) संसदको विकास तथा प्रविधि समितिमा भएको छलफलमा उनले बताएका हुन् । हालसम्म १९ हजार सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान भएको बताउँदै भाषाको विषयमा सर्वोच्चमा मुद्धा परेका कारण जडान संख्या कम भएको हो भनेर जानकारी गराए । उनले इम्बोस्ड नम्बर प्लेटका लागि सरकारले ५ अर्ब खर्च गर्दा सर्वसाधारणबाट ७ अर्ब उठ्ने भन्दै २ अर्ब फाइदा हुने उल्लेख गरेका छन्।

यातायात सम्बन्धी यो काम प्रदेश सरकार अन्तर्गत रहेकोले प्रदेशमा जाने सो रकम केन्द्रमा कसरी ल्याउन सकिन्छ त्यसबारे छलफल गर्नुपर्ने बताए ।

यसै सन्धर्वमा उनले भने १ दिनमा १० हजार नम्बर प्लेट छाप्ने मेसिन ल्याउने तयारीमा छौ । अहिले विभिन्न ४ स्थानबाट यस्तो प्लेट छापिने गरेको छ । थानकोट नाकामा इम्बोस्ड नम्बर प्लेट भएका सवारी साधान स्क्यान गर्ने गेट राख्ने तयारी गरिएको पनि उनले बताए ।

साथै भक्तपुरको जगाती, नागार्जुन, फर्पिङ, जोरपाटीका साथै काठमाडौं उपत्यका बाहिर इटहरी, पथलैया, बुटवल, कोहलपुर र अत्तरिया गरी जम्मा १० स्थानमा आरएफआइडि गेटको निर्माण गरिने महानिर्देशक घिमिरेले बताए ।

२०७३ साल जेठ १७ गते यातायात व्यवस्था विभागले डेकाटुर टाइगर आईटीसँग इम्बोष्ड नंबर प्लेट खरिद सम्झौता गरेको थियो । हालसम्म यसका लागि ५० करोड लगानी भइसकेको छ ।

२०७८ साउन २० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

वि.सं.२०८३ असार १४ आइतवार १८:५०

काठमाडौं । मुलुकमा नयाँ सरकार गठन भएको तीन महिना पूरा...

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

वि.सं.२०८३ असार १४ आइतवार १७:२९

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको...

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

वि.सं.२०८३ असार १४ आइतवार १७:२०

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी...

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

मदन भण्डारीको योगदान ऐतिहासिक, तर कुनै पनि विचार सर्वकालिक हुँदैन : प्रचण्ड

वि.सं.२०८३ असार १४ आइतवार १७:१८

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन...

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ : माधव नेपाल

वि.सं.२०८३ असार १४ आइतवार १७:१६

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई...

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ : केपी ओली

वि.सं.२०८३ असार १४ आइतवार १७:१४

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा...