back

कांग्रेसमा मन्त्री को-को बन्दै छन् ?

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेपछि पार्टी नेतृत्वमा सरकार गठन भएसँगै कांग्रेसका धेरैजसो सांसद मन्त्री बन्न अघि सरेका छन्।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमzएमाले र माओवादी केन्द्रको गठबन्धनले झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेपछि कांग्रेसले सरकार बनाउन अर्को आमनिर्वाचन कुर्नुपर्नेबाहेक सम्भावना देखिएको थिएन। तर, सत्ता गठबन्धन मात्र होइन, ‘भाई फुटे गवार लुटे भने झै’ एमालेभित्रको विग्रहका कारण कांग्रेसलाई आफ्नो नेतृत्वमा सरकार बनाउने अवसर प्राप्त भएको हो। यसरिनै सरकारको नेतृत्व गर्ने अवसर पार्टीभित्रबाट सभापति देउवालाई मिल्यो।

कांग्रेसमा नाम आएका मन्त्री
देउवा प्रधानमन्त्री भएसँगै कांग्रेसका सांसदहरू मन्त्री बन्न अगाडि सरेका हुन्। गठबन्धन दलहरूबीच मन्त्रालय बाँडफाँट भइनसके पनि कांग्रेसका सांसदहरू मन्त्री बनाइदिन भन्दै शीर्ष नेताहरूको निवास धाइरहेका छन्। सभापति देउवाले आफू निकट खाँण र कार्कीलाई सरकारमा सहभागी गराइसकेका छन्।

कांग्रेसबाट सरकारमा पुष्पा भुसाल र नारायण खड्कालाई सहभागी गराउने निश्चित देखिएको स्रोतको दाबी छ। भुसाल अहिले कांग्रेस सचेतक छिन्।

प्रमुख सचेतक खाँणले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्। संसदीय दलका नेता देउवाले मीन विश्वकर्मालाई प्रमुख सचेतक र भुसाललाई पनि मन्त्री बनाएपछि प्रमिला राईलाई सचेतक बनाउने तयारी गरेका छन्। देउवानिकट केहीले भने राईलाई मन्त्री बनाउन सुझाएका छन्।

पहिला उपप्रधानमन्त्री भएका प्रकाशमान सिंह र सुजाता कोइराला पनि सरकारमा सहभागी हुन चाहेको निकट स्रोतको दाबी छ। कांग्रेस संस्थापन इतर समूहका सिंह र कोइराला उपप्रधानमन्त्री नपाए सरकारमा सहभागी हुने छैनन्।

संस्थापन इतरका दिलेन्द्रप्रसाद बडु पनि सरकारमा सहभागी हुने सम्भावना बढिरहेको छ। एक नेताले भने, ‘प्रमोद यादव, राजन केसी, तुजुलाल चौधरीमध्येबाट सरकारमा सहभागी हुने सम्भावना अलि बढी छ।’

केन्द्रीय सदस्य गगनकुमार थापा पनि सरकारमा सहभागी हुन खोजेको जानकारी दिँदै एक नेताले भने, ‘सभापतिजीले मान्नुभयो भने संस्थापन इतर पक्षबाट उहाँ (गगन थापा ) लाई पठाउनुपर्छ भन्ने मत छ।’

विगतमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको कोटाबाट स्वास्थ्यमन्त्री बनेका थापालाई अहिले फेरि संस्थापन इतर रामचन्द्र पौडेलसहितको समूह बाट सरकारमा पठाउने खोजिएका प्रति निकटहरूले असन्तुष्टि जनाउन थालेका छन्।

मन्त्री बन्नका लागि सञ्जय गौतम, मोहन पाण्डे, लालकाजी गुरुङसहितका नेताहरू पनि लागिपरेका छन। पूर्वमहामन्त्री सिटौलाको कोटाबाट केन्द्रीय सदस्य उमाकान्त चौधरीलाई सरकारमा सहभागी गराउने तयारी रहेको स्रोतले जनाएको छ।

२०७८ साउन ४ गते प्रकाशित


नवनियुक्त प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य को हुन् बिडारी ?

नवनियुक्त प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य को हुन् बिडारी ?

वि.सं.२०८२ जेठ २० मंगलवार १८:२०

काठमाडौं ।  थाहा नगरपालिका वडा नं ६, टिस्टुङ बज्रबाराहीका स्थायी...

परम्परागत सीपमा आधारित युवा सञ्जालको अध्यक्षमा युवा उद्यमी राज कार्की

परम्परागत सीपमा आधारित युवा सञ्जालको अध्यक्षमा युवा उद्यमी राज कार्की

वि.सं.२०८२ जेठ १८ आइतवार १६:०५

काठमाडौं । नेपाल सरकारअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको...

६ प्रतिशतको आर्थिक वृद्धि हुने गरी बजेट आएको छ, यसको कार्यान्वय पनि हुन्छ : अर्थमन्त्री पौडेल

६ प्रतिशतको आर्थिक वृद्धि हुने गरी बजेट आएको छ, यसको कार्यान्वय पनि हुन्छ : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ जेठ १७ शनिवार १३:०५

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको...

आर्थिक वर्ष २०८२\८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट पेश (पूर्णपाठ सहित)

आर्थिक वर्ष २०८२\८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट पेश (पूर्णपाठ सहित)

वि.सं.२०८२ जेठ १५ बिहीवार १८:१५

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का...

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

वि.सं.२०८२ जेठ १५ बिहीवार १७:३६

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४...

अर्थमन्त्रीले सुनाए बजेटका पाँच उद्देश्य र सात प्राथमिकता

अर्थमन्त्रीले सुनाए बजेटका पाँच उद्देश्य र सात प्राथमिकता

वि.सं.२०८२ जेठ १५ बिहीवार १७:००

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेटका पाँच उद्देश्य र...