back

मेरो सेयरमा थपियो ‘माई होल्डिङस्’ अप्सन

काठमाडौँ । आइतबार बेलुका देखि मेरो सेयरमा माई होल्डिङ्’ अप्सन सञ्चालनमा आएको छ । धितोपत्रको विक्री कारोबारमा लाग्ने पुँजीगत लाभकरको नयाँ गणना विधि आइतबारदेखि लागु भएसँगै सिडीएससीले सोही प्रयोजनका लागि मेरो शेयर प्रणालीमा धितोपत्रको स्वामित्वको अवधि गणना गर्ने सुविधा थप गरेको हो ।

उक्त फिचर्समा आफ्नो सेयर अल्पकालिन हो या दिर्घकालिन छुट्टाउने अप्सनका साथै ट्रान्सफरको अप्सन समेत रहेको छ । जस अनुसार आफुले बिक्रि गरेको शेयर अल्पकालीन हो वा दीर्घकालिन हो भन्ने यकिन गरि ट्रान्सफर गर्नको लागि my purchase source मा my holdings भन्ने अप्सन थप गरिएको छ ।

my purchase source मा गएर आफुले खरिद गरेको लागत यकिन गरिसकेपछि my holding मा गएर १ वर्ष भन्दा कम अवधिको शेयर भए shurt term अर्थात् ST र १ वर्ष भन्दा बढी होल्ड गरिएको शेयर भए long term  अर्थात् LT छनौट गर्नु पर्ने छ ।

यो प्रणालीले अर्थात् सिस्टमले नै छनौट गर्ने छ । तर सिस्टमले दिएको जानकारी गलत भए आफुले नै त्यसलाई उचित कारण वा प्रमाण दिएर सच्च्याउन सकिन्छ ।

त्यस्तै मर्ज वा प्राप्तिमा गएको शेयर भए user defined merger file मा क्लिक गरि मर्जमा गएको कारण छुट प्राप्त हुने छनौट गर्न सकिने छ । त्यसपछि अपडेटमा क्लिक गरि विवरण अध्यावधिक गर्नु पर्ने छ । त्यसपछि ट्रान्सफर शेयरमा क्लिक गरि शेयर ट्रान्सफर गर्नु पर्छ ।

सिडिएससिले मेरो शेयरको मोवाईल एप प्रयोग गर्ने लगानीकर्तालाई प्लेस्टोर मार्फत मेरो शेयर एप अपडेट गरि उक्त सेवा प्रयोग गर्न आग्रह गरेको छ । यस सेवा सञ्चालन गर्ने प्रक्रिया सम्बन्धी जानकारी सिडीएससीको वेबसाइटमा राखिने र सेवा सञ्चालन सम्बन्धी थप जानकारी आवश्यक परेमा आफ्नो राफसाफ सदस्यलाई वा सिडिएससिमा सम्पर्क गर्न सिडीएसले आग्रह गरेको छ ।

नयाँ व्यवस्था अनुसार शेयर खरिद गरेको ३६५ दिन भन्दा अगावै बिक्रि गरेमा ७.५ प्रतिशत पुंजीगत लाभकर लाग्ने छ । ३६५ दिनपछि शेयर बिक्रि गरेमा भने हाल कायम अनुसार कै ५ प्रतिशत पुंजीगत लाभकर लाग्ने छ । यद्यपि यो नाफामा मात्र लाग्ने कर हो । यदि शेयर बिक्रि गर्दा घाटा भएको छ भने लाभकर तिर्नु पर्दैन ।

यसरी प्रयोग गर्नुहोस्
LONG TERM SHORT TERM

२०७८ साउन ४ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

लगातार चौथो दिन घटेर २६७२ विन्दुमा झर्‍यो नेप्से, कारोबार रकममा पनि गिरावट

लगातार चौथो दिन घटेर २६७२ विन्दुमा झर्‍यो नेप्से, कारोबार रकममा पनि गिरावट

वि.सं.२०८३ साउन १४ बिहीवार १५:१६

काठमाडौँ । सेयर बजारमा ओरालो लाग्ने क्रमले बिहीबार पनि निरन्तरता...

कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

वि.सं.२०८३ साउन १३ बुधवार १३:३०

धनगढी । कैलाली भन्सार कार्यालय धनगढीले आर्थिक वर्ष २०८१/०८२ को...

नेपालको निर्यातमा भटमास तेलको दबदबा : १ खर्ब २८ अर्बको निर्यातसँगै कुल निर्यातमा ४० प्रतिशत हिस्सा

नेपालको निर्यातमा भटमास तेलको दबदबा : १ खर्ब २८ अर्बको निर्यातसँगै कुल निर्यातमा ४० प्रतिशत हिस्सा

वि.सं.२०८३ साउन १३ बुधवार १३:१८

काठमाडौं । नेपालको वैदेशिक व्यापारमा भटमासको तेलको हिस्सा निकै मजबुत...

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीलाई अर्थमन्त्रीको आग्रह 

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीलाई अर्थमन्त्रीको आग्रह 

वि.सं.२०८३ साउन १३ बुधवार १३:१६

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार...

ग्रिनप्लाई नेपालले १६ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने

ग्रिनप्लाई नेपालले १६ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १८:२४

काठमाडौँ। नेपालमा गुणस्तरीय प्लाइउड उत्पादन तथा वैदेशिक बजारमा निर्यात गर्दै...

‘अर्थमन्त्री र प्रधानमन्त्रीबीच विभेद भएको हल्ला अफवाह मात्रै, आर्थिक मुद्दामा गहिरो समन्वय छ’: अर्थमन्त्री वाग्ले

‘अर्थमन्त्री र प्रधानमन्त्रीबीच विभेद भएको हल्ला अफवाह मात्रै, आर्थिक मुद्दामा गहिरो समन्वय छ’: अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ साउन १२ मंगलवार १८:१५

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र साहसँग आर्थिक एजेण्डामा...