back

मेरो सेयरमा थपियो ‘माई होल्डिङस्’ अप्सन

काठमाडौँ । आइतबार बेलुका देखि मेरो सेयरमा माई होल्डिङ्’ अप्सन सञ्चालनमा आएको छ । धितोपत्रको विक्री कारोबारमा लाग्ने पुँजीगत लाभकरको नयाँ गणना विधि आइतबारदेखि लागु भएसँगै सिडीएससीले सोही प्रयोजनका लागि मेरो शेयर प्रणालीमा धितोपत्रको स्वामित्वको अवधि गणना गर्ने सुविधा थप गरेको हो ।

उक्त फिचर्समा आफ्नो सेयर अल्पकालिन हो या दिर्घकालिन छुट्टाउने अप्सनका साथै ट्रान्सफरको अप्सन समेत रहेको छ । जस अनुसार आफुले बिक्रि गरेको शेयर अल्पकालीन हो वा दीर्घकालिन हो भन्ने यकिन गरि ट्रान्सफर गर्नको लागि my purchase source मा my holdings भन्ने अप्सन थप गरिएको छ ।

my purchase source मा गएर आफुले खरिद गरेको लागत यकिन गरिसकेपछि my holding मा गएर १ वर्ष भन्दा कम अवधिको शेयर भए shurt term अर्थात् ST र १ वर्ष भन्दा बढी होल्ड गरिएको शेयर भए long term  अर्थात् LT छनौट गर्नु पर्ने छ ।

यो प्रणालीले अर्थात् सिस्टमले नै छनौट गर्ने छ । तर सिस्टमले दिएको जानकारी गलत भए आफुले नै त्यसलाई उचित कारण वा प्रमाण दिएर सच्च्याउन सकिन्छ ।

त्यस्तै मर्ज वा प्राप्तिमा गएको शेयर भए user defined merger file मा क्लिक गरि मर्जमा गएको कारण छुट प्राप्त हुने छनौट गर्न सकिने छ । त्यसपछि अपडेटमा क्लिक गरि विवरण अध्यावधिक गर्नु पर्ने छ । त्यसपछि ट्रान्सफर शेयरमा क्लिक गरि शेयर ट्रान्सफर गर्नु पर्छ ।

सिडिएससिले मेरो शेयरको मोवाईल एप प्रयोग गर्ने लगानीकर्तालाई प्लेस्टोर मार्फत मेरो शेयर एप अपडेट गरि उक्त सेवा प्रयोग गर्न आग्रह गरेको छ । यस सेवा सञ्चालन गर्ने प्रक्रिया सम्बन्धी जानकारी सिडीएससीको वेबसाइटमा राखिने र सेवा सञ्चालन सम्बन्धी थप जानकारी आवश्यक परेमा आफ्नो राफसाफ सदस्यलाई वा सिडिएससिमा सम्पर्क गर्न सिडीएसले आग्रह गरेको छ ।

नयाँ व्यवस्था अनुसार शेयर खरिद गरेको ३६५ दिन भन्दा अगावै बिक्रि गरेमा ७.५ प्रतिशत पुंजीगत लाभकर लाग्ने छ । ३६५ दिनपछि शेयर बिक्रि गरेमा भने हाल कायम अनुसार कै ५ प्रतिशत पुंजीगत लाभकर लाग्ने छ । यद्यपि यो नाफामा मात्र लाग्ने कर हो । यदि शेयर बिक्रि गर्दा घाटा भएको छ भने लाभकर तिर्नु पर्दैन ।

यसरी प्रयोग गर्नुहोस्
LONG TERM SHORT TERM

२०७८ साउन ४ गते प्रकाशित


विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वधार निर्माण लागि वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल

विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वधार निर्माण लागि वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार ३१ मंगलवार १८:२५

काठमाडौं ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग लगायत...

योजना आयोग र राष्ट्र  बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता  सम्बन्धमा कुराकानी

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

वि.सं.२०८२ असार २३ सोमवार १६:१६

काठमाडौँ । राष्ट्रिय योजना आयोग र राष्ट्र बैङ्कका गभर्नर बिच...

दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ असार २३ सोमवार ११:०८

काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज...

कारोबार घटेपनि २७ सय बिन्दु माथी पुग्यो नेप्से

कारोबार घटेपनि २७ सय बिन्दु माथी पुग्यो नेप्से

वि.सं.२०८२ असार १९ बिहीवार १५:३५

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिवार अघिल्लो दिनको तुलनामा...

स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि निष्कासन हुने

स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि निष्कासन हुने

वि.सं.२०८२ असार १९ बिहीवार १५:१७

काठमाण्डौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि...

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार १८ बुधवार १७:०४

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको...