फर्स्ट माइक्रोफाइनान्सको नाफामा सामान्य सुधार, निष्क्रिय कर्जा शून्य

वि.सं.२०७८ साउन ४ सोमवार

काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथो त्रैमासको वित्तीय विवरण सार्वजनीक गरेको छ । सार्वजनीक विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीको खुद नाफा १४ करोड १५ लाख आर्जन गरेको हो। जुन अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिको तुलना १.२९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिमा संस्थाले १३ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा ३.२९ प्रतिशतले बढेर २२ करोड ५१ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो मुनाफा २१ करोड ७९ लाख रुपैयाँ रहेको थियो।
यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी १८.१० प्रतिशतले बढेको छ। अघिल्लो वर्ष २२ करोड ४१ लाख रुपैयाँ रहेको यस्तो आम्दानी समीक्षा अवधिमा बढेर २६ करोड ४७ लाख रुपैयाँ भएको छ।
समीक्षा अवधिमा संस्थाले ८ अर्ब ६० करोड रुपैयाँ सापटी लिई ८ अर्ब २० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष ५ अर्ब २३ करोड रुपैयाँ सापटी लिई ५ अर्ब ५४ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
संस्थाले रिजर्भको आकार १०२.५२ प्रतिशतले बढाएको छ। अघिल्लो वर्ष १३ करोड ८३ लाख रुपैयाँको रिजर्भको आकार बढेर समीक्षा अवधिमा २८ करोड १ लाख रुपैयाँको भएको छ।
चुक्तापुँजी ८७ करोड ६८ लाख रुपैयाँ रहेको संस्थाले निष्क्रिय कर्जा शून्यमा झार्न सफल भएको छ।
संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १६.१४ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ५०.९९ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १३१.९५ रुपैयाँ रहेको छ।
२०७८ साउन ४ गते प्रकाशति

प्रकाशित समय : ०५:०५ बजे