back

फर्स्ट माइक्रोफाइनान्सको नाफामा सामान्य सुधार, निष्क्रिय कर्जा शून्य

काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथो त्रैमासको वित्तीय विवरण सार्वजनीक गरेको छ । सार्वजनीक विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीको खुद नाफा १४ करोड १५ लाख आर्जन गरेको हो। जुन अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिको तुलना १.२९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिमा संस्थाले १३ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा ३.२९ प्रतिशतले बढेर २२ करोड ५१ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो मुनाफा २१ करोड ७९ लाख रुपैयाँ रहेको थियो।

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी १८.१० प्रतिशतले बढेको छ। अघिल्लो वर्ष २२ करोड ४१ लाख रुपैयाँ रहेको यस्तो आम्दानी समीक्षा अवधिमा बढेर २६ करोड ४७ लाख रुपैयाँ भएको छ।

समीक्षा अवधिमा संस्थाले ८ अर्ब ६० करोड रुपैयाँ सापटी लिई ८ अर्ब २० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष ५ अर्ब २३ करोड रुपैयाँ सापटी लिई ५ अर्ब ५४ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाले रिजर्भको आकार १०२.५२ प्रतिशतले बढाएको छ। अघिल्लो वर्ष १३ करोड ८३ लाख रुपैयाँको रिजर्भको आकार बढेर समीक्षा अवधिमा २८ करोड १ लाख रुपैयाँको भएको छ।

चुक्तापुँजी ८७ करोड ६८ लाख रुपैयाँ रहेको संस्थाले निष्क्रिय कर्जा शून्यमा झार्न सफल भएको छ।

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १६.१४ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ५०.९९ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १३१.९५ रुपैयाँ रहेको छ।

२०७८ साउन ४ गते प्रकाशति

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

लगातार चौथो दिन घटेर २६७२ विन्दुमा झर्‍यो नेप्से, कारोबार रकममा पनि गिरावट

लगातार चौथो दिन घटेर २६७२ विन्दुमा झर्‍यो नेप्से, कारोबार रकममा पनि गिरावट

वि.सं.२०८३ साउन १४ बिहीवार १५:१६

काठमाडौँ । सेयर बजारमा ओरालो लाग्ने क्रमले बिहीबार पनि निरन्तरता...

ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम

ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम

वि.सं.२०८३ साउन १४ बिहीवार १०:०१

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना...

कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

वि.सं.२०८३ साउन १३ बुधवार १३:३०

धनगढी । कैलाली भन्सार कार्यालय धनगढीले आर्थिक वर्ष २०८१/०८२ को...

१२ वटा कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइल एपमार्फत उपलब्ध

१२ वटा कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइल एपमार्फत उपलब्ध

वि.सं.२०८३ साउन १३ बुधवार १३:२२

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले देशभरका...

नेपालको निर्यातमा भटमास तेलको दबदबा : १ खर्ब २८ अर्बको निर्यातसँगै कुल निर्यातमा ४० प्रतिशत हिस्सा

नेपालको निर्यातमा भटमास तेलको दबदबा : १ खर्ब २८ अर्बको निर्यातसँगै कुल निर्यातमा ४० प्रतिशत हिस्सा

वि.सं.२०८३ साउन १३ बुधवार १३:१८

काठमाडौं । नेपालको वैदेशिक व्यापारमा भटमासको तेलको हिस्सा निकै मजबुत...

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीलाई अर्थमन्त्रीको आग्रह 

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीलाई अर्थमन्त्रीको आग्रह 

वि.सं.२०८३ साउन १३ बुधवार १३:१६

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार...