back
Naima

दुर्गा प्रसाईंको भिडियो सन्देश: ‘प्रधानमन्त्रीबाट गोली हान्ने आदेश छ’

काठमाडौं । मेडिकल व्यवसायी तथा संयुक्त जनआन्दोलन समितिका कमान्डर व्यवसायी दुर्गा प्रसाईंले आफू फरार नभएको भन्दै प्रधानमन्त्रीबाटै आफूलाई गोली हान्ने आदेश छ भन्ने सुनेपछि सुरक्षित मात्र बसेको बताएका छन् । आइतबार सामाजिक सञ्जालमा भिडियो सार्वजनिकमार्फत उनले आफूलाई ‘गोञ्जालो’ बनाएर यो आन्दोलन दबाउन खोजिएको समेत आरोप लगाएका छन् ।

‘दुर्गा प्रसाईं तपाईहरुबाट टाढा छैन । केही १२ भाइ मिडिया हात धोएर मेरोपछि लाग्या छन् । यो नागरिक विद्रोहलाई सफल पार्न सबैजना लागिदिनुहोस् । म भागेको छैन, म भाग्दिनँ । पुलिस र प्रशासनले मलाई खोज्नुपर्दैन । किनकी मलाई गोञ्जालो बनाएर यो आन्दोलन दबाउन खोजिएको छ । म सुरक्षितमात्रै बसेको हो । मलाई भेटेको ठाउँमा गोली हानिदिनु भन्ने प्रधानमन्त्रीबाटै आदेश छ भन्ने सुनेपछि म सुरक्षित मात्र बसेको हुँ । म नेपाल र नेपाली छोडेर म भाग्दिनँ । म भाग्न र झुक्न जन्मेको होईन् । बरु तपाईंहरुकै अगाडि मर्छु,’ उनले भनेका छन् ।

त्यस्तै उनले आन्दोलनका दिन बिहानैदेखि विभिन्न भेषभुषामा युवा संघका केही व्यक्ति, पुलिस प्रशासनका केही व्यक्ति सिभिल ड्रेसमा हतियारसहित अर्काको घरमा चढेर बसेको समेत आरोप लगाए ।

आफूलाई गोली हान्न छतमा सार्प सुटर बसेर टार्गेट गरेको थाहा पाएर अरु उपाय नभएपछि ब्यारिकेड तोडेर अगाडि गएको दाबी गरेका छन् ।

‘चैत १५ गते बिहानैदेखि विभिन्न भेषभुषामा युवा संघका केही व्यक्ति, पुलिस प्रशासनका केही व्यक्ति सिभिल डे«समा हतियारसहित अर्काको घरमा चढेर बसेका रहेछन् । हामी डेढ बजे कार्यक्रमस्थल पुग्नुभन्दा १५ मिनेट अगाडिदेखि नै स्टेज पुग्न नदिइकन बाटोबाट गोली र टियरग्याँस हान्न थाले । मलाई गोली हान्न छतमा सार्प सुटर बसेर टार्गेट गरेका थिए । स्टेज छेउमा पुग्दा मेरो कानको छेउबाटै गोली गयो । अर्को कुरा मेरै गाडीमा टियरग्याँस खसेपछि मलाई मार्नेरहेछन् भन्ने बुझेर अरु उपाय नभएपछि ब्यारिकेड तोडेर अगाडि गएको हुँ,’उनले भने

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

नेपालमा ब्याट्री व्यवस्थापन ठूलो चुनौती, सरकारसँग यथार्थ तथ्याङ्क नै छैन: व्यवसायी गोल्छा

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:५३

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (इभी) को प्रयोग तीव्र रूपमा...

ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह

वि.सं.२०८३ साउन २९ शुक्रवार १७:३४

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको...

ऊर्जामन्त्रीको सल्लाहकार समूहले पायो पूर्णता

ऊर्जामन्त्रीको सल्लाहकार समूहले पायो पूर्णता

वि.सं.२०८३ साउन २९ शुक्रवार १०:४६

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...

व्यावसायिकलाई अनावश्यक ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह 

व्यावसायिकलाई अनावश्यक ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह 

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२५

काठमाडौं । नेपाल आयल निगमले व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी...

विद्युतमा खुला पहुँचका लागि दुई निर्देशिकाको मस्यौदा जारी

विद्युतमा खुला पहुँचका लागि दुई निर्देशिकाको मस्यौदा जारी

वि.सं.२०८३ साउन २८ बिहीवार २०:४०

काठमाडौं । विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयन...

मन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन

मन्त्री यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन

वि.सं.२०८३ साउन २८ बिहीवार १४:२२

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा...