back
himalayan life

गुराँस लाइफको नाफा २४.५१ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचकहरु

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको खुद नाफा २४.५१ प्रतिशतले बढाएको छ । चैत मसान्त सम्म कम्पनीले १० करोड ४२ लाख ९३ हजार रुपैयाँ खुद आर्जन गरेको हो । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ८ करोड ३७ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यसरी नै खुद बीमा शुल्क आजर्न पनि १२२.७६ प्रतिशतले बढाउन सफल भएको छ । समिक्षा अवधिमा कम्पनीले ३ अर्ब १ करोड ८८ लाख १३ हजार रुपैयाँ आर्जन गरेको हो । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको खुद बीमा शुल्क १ अर्ब ३५ करोड ५१ लाख ९७ हजार रुपैयाँ आर्जन गरेको थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको हालसम्म कूल बीमा शुल्क आर्जन ४२.५६ प्रतिशतले बढेर १३ अर्ब ७ करोड ६४ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १०७.८४ प्रतिशतले बढेर ४४ करोड ३८ लाख ७३ हजार रुपयाँ गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको खुद दाबी भुक्तानी २१ करोड ३५ लाख ६४ हजार रुपैयाँ गरेको थिया्े ।

त्यस्तै, यस अवधिमा कम्पनीको कुल बीमा शुल्क १२२.६८ प्रतिशतले बढेर ३ अर्ब ४ करोड ९२ लाख ५४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको कम्पनीको कूल बीमा शुल्क १ अर्ब ३६ करोड ९३ लाख १५ हजार रुपैयाँ आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको बीमा पोलिसी संख्या २२.४२ प्रतिशतले घटेर १ लाख ५६ हजार ९८९ वटा पोलिसी बिक्री गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा २ लाख २ हजार ३५६ वटा बीमा पोलिसी बिक्री गरेको थियो ।

यस अवधिमा कम्पनीको चुक्ता पूँजी ११०.५ प्रतिशतले बढेर १ अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको चुक्ता पूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको जगेडा कोष ४२.७९ प्रतिशतले बढेर ५२ करोड ३१ लाख १४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जगेडा कोषमा ३६ करोड ६३ लाख ४३ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको जीवन बीमा कोष ४२।४४ प्रतिशतले बढेर १० अर्ब ११ करोड ९३ लाख ५७ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोष ७ अर्ब १० करोड ४४ लाख ३१ हजार रुपैयाँ रहेको थियो । कम्पनीको प्रतिशेयर आम्दानी भने ११ रुपैयाँबाट घटेर ७ रुपैयाँमा सिमित भएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले संघ,...

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२८

काठमाडौं । ललितपुर महानगरपालिकाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने...

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुर कार्यसम्पादनका आधारमा देशभरका जिल्ला...

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा लागुऔषधको उत्पादन, बिक्री–वितरण,...

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

वि.सं.२०८३ असार १२ शुक्रवार १२:१४

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल...

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

वि.सं.२०८३ असार १२ शुक्रवार १०:१२

काठमाडौं । विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीलाई सरकारले दिएको...