back
nactional

नेशनल लाइफको नाफामा सामान्य सुधार, अन्य सूचकमा पनि उत्साह देखियो

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा २.२ प्रतिशतले बढाउन सफल भएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म आउँदा कम्पनीले ३२ करोड २५ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेको हो । गत वर्षको सा्हि अवधिमा ३१ करोड ५६ लाख २१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको कूल बीमा शुल्क आर्जन ५६.३७ प्रतिशतले बढेर ८ अर्ब ९५ करोड ४९ लाख ६० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले कूल बीमा शुल्क आर्जन ५ अर्ब ७२ करोड ६९ लाख २६ हजार रुपैयाँ रहेको थियो ।

विभिन्न क्षेत्रमा गरेको लगानी १९ प्रतिशत बढेर २ अर्ब १३ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा १ अर्ब ७९ करोड रुपैयाँ आर्जन गरेको थियो ।

त्यस्तै, यस अवधिमा बीमा पोलीशी १७.०३ प्रतिशतले बढेर ९ लाख १७ हजार ९५० वटा बिक्री गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ७ लाख ८४ हजार ३६६ वटा बीमा पोलीशी बिक्री गरेको थियो ।
यस अवधिमा कम्पनीको जीवन बीमा कोष २७.५६ प्रतिशतले बढेर ४० अर्ब २१ करोड ७९ लाख ९८ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोषमा ३१ अर्ब ५२ करोड ९२ लाख १८ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको जगेडा कोष ६.४७ प्रतिशतले बढेर ८१ करोड १७ लाख २४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको साहि अवधिमा कम्पनीको जगेडा कोषमा ७६ करोड २४ लाख २४ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको चुक्ता पूँजी १० प्रतिशतले बढेर ३ अर्ब ३९ करोड ८ लाख ८९ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८ करोड २६ लाख २७ हजार रुपैयाँ रहेको थियो । कम्पनीको प्रतिशेयर आम्दानी घटेर १२ रुपैयाँ ६८ पैसा रहेको छ । कम्पनीको नेटवर्थ भने १३२ रुपैयाँ ४९ पैसा रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

डिएलए नेपालको महासचिवमा अधिवक्ता रविन्द्र प्रधानको दाबी

डिएलए नेपालको महासचिवमा अधिवक्ता रविन्द्र प्रधानको दाबी

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:५३

भक्तपुर । डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) नेपालको आगामी राष्ट्रिय महाधिवेशनमा...

चिकित्सकको निर्वाह भत्ता, कार्य अवधि र सेवा सुविधाबारे प्रधानमन्त्री कार्यालयमा छलफल

चिकित्सकको निर्वाह भत्ता, कार्य अवधि र सेवा सुविधाबारे प्रधानमन्त्री कार्यालयमा छलफल

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:४४

काठमाडौं । प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता, काम गर्ने...

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ भदौ ३ बुधवार ०९:३७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

राष्ट्रिय सूचना दिवस मनाइँदै

राष्ट्रिय सूचना दिवस मनाइँदै

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:३९

काठमाडौं । आज (बुधबार) राष्ट्रिय सूचना दिवस मनाइँदै छ । ...

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई “बरपिपल रिसोर्ट पोखरा” मा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई “बरपिपल रिसोर्ट पोखरा” मा विशेष छुट

वि.सं.२०८३ भदौ २ मंगलवार १८:३१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सेवा...