नयाँ सरकार गठनबारे छलफल गर्न देउवाले बोलाए विपक्षी दलको बैठक

वि.सं.२०७८ वैशाख २८ मंगलवार

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि छलफल गर्न आह्वान गरेका छन् । नयाँ सरकार गठनका सन्दर्भका काँग्रेसका, माओवादी केन्द्र, जसपा लगायतका शीर्ष नेतालाई छलफलका लागि बोलाइएको काँग्रेस नेता रमेश लेखकले बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि देउवा निवास बूढानीलकण्ठमा मंगलबार दिउँसो २ बजे बैठक बस्न लागेको हो।

प्रकाशित समय : ०४:१९ बजे