पूर्वप्रधानमन्त्री झलनाथ खनाल कोरोना संक्रमणमुक्त
वि.सं.२०७८ वैशाख २७ सोमवार
२७ वैशाख, काठमाडौँ—पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनाल कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणपछि खनाल गत वैशाख १८ गतेदेखि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारर खनालका स्वकीय सचिव कृष्ण भट्टराईले आइतबार गरिएको परीक्षणमा कोभिड–१९ रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् ।
संक्रमणमुक्त भए पनि खनालको स्वास्थ्यमा सुधार देखिएको र अझ केही दिन चिकित्सकको निगरानीमा अस्पतालमै रहने पनि भट्टराईले जानकारी दिएका छन् ।
प्रकाशित समय : ०५:३२ बजे