back
skip this Samagra

स्थानीय स्तरको विकास र निर्माणमा प्रतिबद्धता देखिँदै मेलुङ गाउँपालिका

पालिकाका अध्यक्ष हिरा कुमार तामाङ स्थानीय स्तरको विकास र निर्माणमा प्रतिबद्ध देखिन्छन्

बागमती प्रदेशको दोलखा जिल्लामा अवस्थीत मेलुङ गाउँपालिका ८६.५४ वर्ग किमि क्षेत्रमा फैलिएको छ । हिमाली जिल्लामा अवस्थीति यस गाउँपालिका मुलत कृषिमा बढी निर्भर छ । ०६८ सालको जनगणना अनुसार यस गाउँपालिकामा २० हजार २१० जना मानिस बस्छन् । दोलखा जिल्लाको दक्षिणतिर अवस्थीति यस गाउँपालिका धार्मिक, साँस्कृतिक तथा पर्यटकीय हिसावले महत्वपूर्ण स्थानको रुपमा रहेको छ ।

यस पालिकाको नाम ऐतिहासिक मेलुङ बजारको नामबाट रहन गएको स्थानीयहरु बताउँछन् । किम्वदन्ती अनुसार तिब्बतबाट लामा गुरुहरु आई बस्ती बसाउन ठाउँ खोज्ने क्रममा मन्त्र जपेर अक्षेता फ्याल्दा अहिलेको मेलुङ बजारमा आगो बलेकोले बस्ती बसाल्न सकिएको किम्बदन्ती रहेको छ । मेलुङबाट यहाँको धार्मिक तथा प्राकृतिक सौन्र्दय स्थल शैंलुङडाँडा करिव ५ घण्टाको पैदलयात्रामा पुग्न सकिन्छ ।

साथै जलविधुतको नमुना आयोजना खिम्ती जलविद्युत आयोजनाको अवलोकन पनि गर्न सकिन्छ । मेलुङ गाउँपालिका साविकको मेलुङ, भेडप, डाँडाखर्क, घ्याङखुका ठोकर र पवटी गाविसहरु मिलाएर बनाइएको हो । यस पालिकामा हाल ७ वडा बडाहरु रहेका छन् । अहिले यस गाउँपालिकाको अध्यक्षमा हिरा कुमार तामाङ र उपाध्यक्षमा गायत्री आचार्य रहेकी छिन् । पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा सन्जय शिवाकोटी छन् ।

यस पाललिकाको महत्वपपूर्ण स्थानहरुमा रमाइलो चोक, दोवाटे पाटी, भ्याकुरे देबी, ढलेको वर, गाइखुरा, काकलिङ भन्ज्याङ, माने बजार, बुद्धचोक, सैलुङ जुरेढुङगा, डाडाखर्क बजार, दुदिले भन्ज्याङ, मेलुङ्ग बजार, शित्तल वेशी, बिरौटा, सित्तल महादेब मन्दीर र मेलुङ्ग स्वास्थ्य चौकी रहेका छन् । यस पालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम समेत सञ्चालित छ ।

पालिकाले चालु आर्थिक बर्ष ०७९–८० को लागि प्रगतीशिल खालको बजेट तथा नीति कार्यक्रम ल्याइसकेको छ । सो को कार्यान्वयनको चरणमा गाउँपालिका केन्द्रित छ । यस पालिकाले गरिवी, अभाव, भोकमरी, बेरोजगारी, सामाजिक कुरिती र विभेदीकरणको विरुद्ध प्राथमकताका साथ बजेट तथा नीति कार्यक्रममै सामावेश गरी कार्यक्रमहरु ल्याइएका छन् । आम स्थानीयको उपलब्ध साधन तथा स्रोत र अवसरमा न्यायिक पहुँच विस्तार गर्ने कुरामा पालिकाले नीतिगत रुपमै प्राथमिकता दिएर काम गर्दै आइरहेको छ । वैदेशिक रोजगारीबाट फर्केका युवायुवतीहरुलाई स्वरोजगारमुलक तालिम दिने कुरामा, उद्यमशीलता अभिबृद्धिमा पालिकाले सघाउँदै आएको छ ।

चालु आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रम अन्र्तगत पालिकाले व्यवसायिक कृषि र पशुपालनमा जोड दिएको छ । इन्र्टरनेट सेवाको विस्तार गर्ने लक्ष्य लिएको छ । स्वस्थ्य र शिक्षाको गुणस्तर एवं विस्तार गर्ने कुरालाई जोड दिएको. छ । विगतमा विभिन्न तालिमहरुद्धारा उद्यमशीलता बढाउँदै आएको पालिकाले त्यसलाई बढाउँदै लैजाने लक्ष्य लिएको छ ।

आफनो पालिकाको विकास र समृद्धिको लक्ष्य प्राप्तिका लागि देहाएका अवसर तथा चुनौतीहरु पालिकाले विद्यमान देखेको छ।

विद्यमान अवसरहरु
– खेतीयोग्य जमिन प्रयाप्त मात्रामा रहनाले भ्लनष्लभ या भअयलयmष्अनचयधतज का रुपमा विकास गर्न सकिने
– पशुपालनको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्ने अवसर रहेको,
– पर्यटनको विकासद्धारा अर्थोपार्जनको राम्रो सम्भावना रहेको,
– स्थानीय कर सकलन गरी आन्तरिक आम्दानी गर्न सकिने,
– होम स्टेको प्रवर्द्धन मार्फत पर्यटन क्षेत्रको विकास गर्न सकिने,
– गाउँपालिकामा रहेको द्ययलगक एयउगबितष्यल उपयोग गरी उत्पादन वृद्धि गर्न सकिने,
– धार्मिक, साँस्कृतिक एव पुरातात्विक महत्वका सम्पदा तथा स्थानहरुको संरक्षण तथा
– प्रवर्द्धन गरी धार्मिक स्थलको रुपमा विकास गर्न सकिने,
– जीवनदायीनी जडिबुटीहरुको वैज्ञानिक रुपमा संकलन एव प्रशोधन गरी आय आर्जन गर्न सकिने ।

विद्यमान चुनौतीहरु
– कठिन भुधरातल रहनु
– आन्तरिक आयश्रोतको कमी,
– प्राकृतिक प्रकोपहरुको जोखिम रहनु,
– विकास प्रकृयाका बारेमा स्थानीय वासिन्दाहरुसँग पूर्ण जानकारी नहुनु,
– गाउँपालिकाको ठुलो भुभागमा नापी नक्सा को काम हुन नसक्नु,
-सेवा केन्द्रहरु भौगोलिक हिसावले टाढा रहनु,
–  भीडले सबै काम गर्न सक्छ भन्ने मनोविज्ञान रहनु,
– शिक्षाको गुणस्तरमा सुधार ल्याउनु
–  बैक तथा वित्तिय संस्थाको पहुँच आम नागरिकमा पु¥याउनु
– दरवन्दी अनुसारका कर्मचारीको अभाव

चालु आर्थिक बर्ष ०७९–८० को नीति कार्यक्रममा यस पालिकाले कृषिलाई विगत भन्दा अझ बढी प्राथमिकता दिएको छ । ‘व्यवसायिक तरकारी खेती, फलफुल खेती, पशुपालन मेलुङको सान ः आलु उत्पादनमा हाम्रो आफनै पहिचान’ भन्ने नाराकासाथ प्रत्येक वडामा एकजना कृषि तथा पशु प्राविधिक व्यवस्था गर्दै लैजाने पालिकाको नीति छ ।

कृषि तथा पशुपालनको गुरु योजना बनाउने, उद्यमशीलता विकास कोष स्थापना गर्ने, प्रत्येक वडामा हवापानी र भुगोल सुहाउँदो एउटा कृषि पकेट क्षेत्र घोषणा गरि कार्यक्रम कार्यान्वयन गर्ने, खाद्य बैक स्थापना गर्ने, कृषि उपजको बजारिकणको लागि दु्रत ढुवानी सेवाको व्यवस्था मिलाउने, दुग्ध चिस्यान तथा प्रशोधन केन्द्र स्थापना गर्ने, बाँझो जमिनमा खेतीका लागि प्रोत्साहन गर्ने, किसान परिचय कार्ड वितरण गर्ने, किसानलाई सहुलियत दरका कर्जा तथा अनुदानको लागि सहजीकरण गर्ने लगायतका कामहरु गर्ने पालिकाको नीति तथा कार्यक्रम रहेको छ ।

त्यसैगरी यस पालिकाले उद्योग वाणिज्यतर्फ ‘उद्यमी बनौ, विदेशीन राकौ’ं भन्ने नारा दिएर प्राविधिक एवं शिपमुलक शिक्षा र तालिमलाई जोड दिएको छ ।

पालिकाले सम्भावित खानीजन्य उद्योगहरुको सम्भाव्यता अध्यन गर्ने, गरिवी निवारण कार्यक्रम सञ्चालन गर्ने, नमुना ग्रामिण औधोगिक ग्राम स्थापना गर्ने जस्ता कार्यहरु गर्ने लक्ष्य लिएको छ । पर्यटनतर्फ पर्यटकीय क्षेत्रको विकासको लागि गुरुयोजना तयार गर्ने, धार्मिक तथा पर्यटकीय तिर्थ स्थलहरुको संरक्षण गर्ने, तामाकोशी नदीमा र्याप्टीङ लगायतका जलक्रिडाका कार्यक्रम सञ्चालन गर्न आवश्यक तयारी गर्ने, घरबास कार्यक्रम सञ्चालन गर्ने जस्ता कुरा अघि सारेको छ ।

त्यसैगरी सहकारी क्षेत्रलाई अनुगमन, नियमनको दायरामा ल्याएर क्षमता विकासमा सघाउने जस्ता कुरा अघि सारेको छ । त्यसैगरी सामाजिक क्षेत्रतर्फ विधार्थीसँग पालिका अध्यक्ष कार्यक्रम अघि सारेको छ ।

सामुदायिक विद्यालयमा ३ कक्षासम्म अंग्रेजीमा पढाउने, उत्कृत्ठ नतिजा ल्याउनेलाई नगद पुरस्कार प्रदान गर्ने, प्रत्येक सामुदायिक विधालयलाई विधालय व्यवस्थापन गर्न आवश्यक बजेट व्यवस्था गर्ने, राम्रो पढ्ने विधार्थीलाई एमविविएस अध्ययनमा सहयोग गर्ने, गुणस्तरीय शिक्षाका लागि गाउँपालिका स्तरीय शैक्षिक गुरुयोजना बनाउने, मात्री भाषा शिक्षा कार्यक्रमको नीति निर्माण गर्ने जस्ता कुरा अघि सारेको छ ।

यस पालिकाले स्वास्थ्य तथा खानेपानीको क्षेत्रमा पनि नीतिगत रुपमै थुप्रै प्रयासहरु र कार्यक्रमहरु अघि बढाएको छ । स्वास्थ्य विमा कार्यक्रम, सुत्केरी पोषण कार्यक्रम, शिसु स्वास्थ्य सुधारको लागि २४ घण्टे सेवा, स्वास्थ्य शिविर सञ्चालन जस्ता थुप्रै कार्यक्रम विगतदेखि र्नै गर्दै आइरहेको छ ।

खानेपानी तर्फ लिफ्ट खानेपानी अवधारणा अघि बढाएको छ । एकघर एक धारा, एक घर एक सौचालयको अवधारण अघि बढाएको छ । पालिकाले संस्कृति सम्र्बद्धन गर्न स्थानीय जातजातीहरुको मौलिकता झल्कने साँस्कृतिक प्रर्दशनी तथा मेलालाई जोड दिएको छ । साँस्कृतिक संग्रालय निर्माण गर्ने तयारी गरेको छ ।

पालिकाले लैङिगक समानता र समावेशीता, सामाजिक सुरक्षा, खेलकुद तथा मनोरञ्जनका लागि पनि थुप्रै प्रगतिशील कार्यक्रम अघि सारेको छ । पालिकाले पुर्वाधारतर्फ ‘सडक, सिचाइ खानेपानी सहितको दीगो पुर्वाधार ः सुरक्षित आवास, सम्बृद्ध मेलुङको आधार’ भन्ने नाराका साथ योजना बैंक बनाइ कार्यान्वयनमा लाने प्रयास थालेको छ । भौतिक पुर्वाधार विकासका लागि गुरुयोजना, मेलुङ चक्रपथको अवधारणा अघि सारेको छ ।

पालिकाले सिचाइ, सञ्चार, वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन, संस्थागत विकास र सुशासन, विपद् व्यवस्थापन, जलविधुत विकास तथा नविकरण लगायततर्फ पनि महत्वपूर्ण कार्ययोजना अघि सारेको छ ।

यस पालिकाको चालु आर्थिक बर्षको लागि अनुमानित बजेट ५८ करोड १९ लाख रहेको छ । हिमाली क्षेत्रको ग्रामिण यस गाउँपालिकाले समग्रमा प्रगतीशिल नीति कार्यक्रम पेश गरेर स्थानिय स्तरमा विकास तथा निर्माणको महत्वपूर्ण पहलकदमी थालेको देखिन्छ । खासगरी यस पालिकाका अध्यक्ष हिरा कुमार तामाङ स्थानीय स्तरको विकास र निर्माणमा प्रतिबद्ध देखिन्छन्


आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा बैशाखदेखि मोटरबोट चढ्न पाइने, कति लाग्छ शुल्क ? कसरी पुग्ने ?

आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा बैशाखदेखि मोटरबोट चढ्न पाइने, कति लाग्छ शुल्क ? कसरी पुग्ने ?

वि.सं.२०८० चैत २८ बुधवार १२:३७

आँबुखैरेनी । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले पृथ्वी राजमार्गमा अवस्थित...

प्रभु बैंकको सहकार्यमा “नगरकी छोरी” कार्यक्रम शुभारम्भ

प्रभु बैंकको सहकार्यमा “नगरकी छोरी” कार्यक्रम शुभारम्भ

वि.सं.२०८० चैत १९ सोमवार ०९:४१

काठमाडौं । छोरीहरुले भोग्नु परेको सामाजिक विभेदको अन्त्य, बाल विवाहको...

मेयर हर्क साम्पाङलाई अर्थमन्त्रीले भने- तपाईंको अभियानमा म पनि सँगै हुनेछु

मेयर हर्क साम्पाङलाई अर्थमन्त्रीले भने- तपाईंको अभियानमा म पनि सँगै हुनेछु

वि.सं.२०८० चैत १८ आइतवार १४:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले धरानबासीलाई पिउने पानीको व्यवस्था...

चैत २५ देखी काठमाडौं महानगरले गरिब घरपरिवारको तथ्यांक संकलन गर्ने

चैत २५ देखी काठमाडौं महानगरले गरिब घरपरिवारको तथ्यांक संकलन गर्ने

वि.सं.२०८० चैत ११ आइतवार १९:५८

काठमाडौं । काठमाडौं महानगरपालिकाले यही चैत २५ गतेदेखि ‘गरिब घरपरिबार...

विकास पुगेका गाउँमा पनि छैनन् युवा (कारण सहित)

विकास पुगेका गाउँमा पनि छैनन् युवा (कारण सहित)

वि.सं.२०८० चैत ११ आइतवार १९:३८

म्याग्दी । चिटिक्क परेका ढुङ्गे घर । फराकिला आँगन ।...

सुनकोशी मरिण डाइभर्सन : १२ किलोमिटर सुरुङ खनियो, ब्रेक थ्रुको तयारी

सुनकोशी मरिण डाइभर्सन : १२ किलोमिटर सुरुङ खनियो, ब्रेक थ्रुको तयारी

वि.सं.२०८० चैत ९ शुक्रवार १८:४९

काठमाडौँ । तराई मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने...