back

नछुट्याएको फोहोर अबदेखि महानगरले संकलन गर्दैन : मेयर शाह (अरु केके भने प्रमाणसहित)

काठमाडौँ। काठमाडौंका मेयर बालेन्द्र शाहले आगामी दिनमा नछुट्याई ल्याइएका फोहोर महानगरले नलिने बताएका छन् ।

आज (मंगलबार) समाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले नछुट्याएको फोहोर महानगरले संकलन नगरी फर्काइदिने बताएका ्छन् ।

यसबाट पर्न सक्ने असुविधाका लागिमहानगरले माफी चाहेको तर नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा सम्झौता गर्न नसकिने बताएका छन् ।

‘अब फोहोर उठ्नेछ । यो सबैको लागि निसन्देह: खुसीको खबर हो । अहिलेसम्म फोहोर थुप्रिएर पाउनु भएको दु:खका लागि क्षमाप्रार्थी छौँ । साथसाथै, कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दुख दिँदा र अफ्ठ्यारोमा पारिरहँदा पनि धैर्य भएर सहिदिनु भएकोमा ह्रदयदेखि नै धन्यवाद छ ।’ मेयर शाहले भनेका छन् ।

फोहोर उठ्नु मात्रै समाधान नभएर अब अझै धेरै कुरा बाँकी रहेको उनले बताएका छन् । ‘हामी फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न चाहन्छौँ, जसको समाधान यहाँको फोहोर अन्त कतै फालेर वा थुपारेर हुँदैन,’ उनले भनेका छन्, ‘ समाधान तपाईंहरुको साथबिना सम्भव हुँदैन ।

यसैले हामी आग्रह गर्छौँ कि अब तपाईंको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने, नकुहिने गरेर कम्तीमा दुई किसिमका फोहोरहरु छुट्टिएर निस्किउन् । कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ ।’

फोहोरको जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो महानगरबासी स्वच्छ र स्वस्थ काठमाडौंमा बाँच्न पाउने उनको भनाई छ । ‘

जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो हामी स्वच्छ र स्वस्थ काठमाडौंमा बाँच्न पाउँछौँ भने हाम्रो कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पर्दैन,’ उनले भनेका छन्, ‘अहिले थुप्रिएको फोहोरलाई नै छुट्याउन समस्या हुन सक्ला तर हामी विश्वास गर्छौँ, तपाईहरुले अब हरेक फोहोरलाई कुहिने र नकुहिने गरेर कम्तिमा दुई अलग अलग भाँडोमा राखेर फोहोर व्यवस्थापनमा आफ्नो कर्तव्य पूरा गरिदिनु हुनेछ ।’

महानगरले पहिलेका कमजोरी वा गल्तीहरु नदोर्‍याउने र फोहोरलाई स्रोतबाट नै छुट्याउनका लागि हदैसम्मको सहकार्य र कोसिस गर्ने बताएका छन् । ‘हामी यति विश्वास दिलाउन चाहन्छौँ कि तपाईले छुट्याइसकेको फोहोरलाई महानगरले पुन: एकैठाउँमा मिसाउने गल्ति गर्ने छैन भने तपाईले छुट्याएर संकलन गर्ने गाडीमा हालिसकेको फोहोरसँगै आफूले नछुट्याइ ल्याएको फोहोर कसैले मिसाउन पाउन छैन, उनले भनेका छन्, ‘यसको अर्थ हो, नछुट्याएको फोहोर महानगरले संकलन गर्ने छैन र फर्काइदिने छ ।

यसबाट पर्न सक्ने असुविधाका लागि माफी चाहन्छौँ तर नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा हामी सम्झौता नगरौँ । ‘

जेठ १६ गते रोकिएको काठमाडौं उपत्यकाको फोहोर मंगलबारदेखि सिसडोल/बन्चरेडाँडा लैजान दिने सोमबार सहमति भएको छ ।

सहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्रीसहित बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहर उठाएर सिसडोल/बन्चरेडाँडा लैजान दिने सहमति जुटेको हो । सहमतिपत्रमा सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट हस्ताक्षर गरिएको थियो ।

महानगरपालिकाले अबदेखि फोहोरलाई स्रोतमै छुट्याउने प्रक्रिया सुरु गर्ने सोमबारको सहमतिपत्रमा उल्लेख छ ।

उपत्यकामा थुप्रिएका फोहोरलाई अहिलेकै अवस्थामा बढीमा असार मसान्तसम्म उठाउने र माटोले फोहोर छोप्ने व्यवस्था मिलाइने सहमितपत्रमा उल्लेख छ ।

त्यसैगरी साउन १ गतेदेखि उपत्यकामा उत्पादन हुने फोहोरलाई स्रोतमै वर्गीकरण गरिने पनि सहमतिपत्रमा उल्लेख छ ।

nactional life
Corporatebazar 11 Anniversary

काठमाडौं महानगरपालिकाद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन खुला

काठमाडौं महानगरपालिकाद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन खुला

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:५३

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा...

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:५९

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको मनोहरा जग्गा एकीकरण आयोजनाको...

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार ११:१३

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

दुई दिन बिदा अव्यवहारिक भन्दै गोकुलगंगा गाउँपालिकाले गर्यो आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

दुई दिन बिदा अव्यवहारिक भन्दै गोकुलगंगा गाउँपालिकाले गर्यो आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

वि.सं.२०८३ वैशाख १६ बुधवार ११:००

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले केन्द्र सरकारले शनिबार र आइतबार...

रास्कोट नगरपालिका : आशालाग्दो स्थानीय तह, विकासमा फड्को

रास्कोट नगरपालिका : आशालाग्दो स्थानीय तह, विकासमा फड्को

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:३७

सुर्खेत । कालिकोटको रास्कोट नगरपालिकाले सीमित स्रोतसाधनकाबीच स्थानीय सरकार नागरिकको...

४० जनालाई फोटोग्राफी तालिम दिन काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डबिच सम्झौता

४० जनालाई फोटोग्राफी तालिम दिन काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डबिच सम्झौता

वि.सं.२०८३ वैशाख १५ मंगलवार १९:४४

काठमाडौं । काठमाडौं महानगरपालिकाले युवाहरूलाई सिपमूलक र रोजगारमूलक फोटोग्राफी तालिम...