back
himalayan life

काभ्रेको बेथानचोक गाउँपालिकाको अध्यक्षमा अधिकारी निर्वाचित, को हुन् अधिकारी ?

काभ्रे। काभ्रेको बेथानचोक गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवार भगवान अधिकारी अत्याधिक मतसहित विजयी भएका छन्। खसेको १० हजार ७३४ मतमध्ये अधिकारीले ६ हजार १९ मत ल्याए । उनका निकटतम् प्रतिस्पर्धी एमालेका कमलप्रसाद तिमल्सिनाले ३ हजार १६० मत ल्याए ।

पत्रकारितामा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका अधिकारी काभ्रेमा कांग्रेसका आशालाग्दा नेता मानिन्छन् । केही समय प्राध्यापन पेसामा बिताएका अधिकारीले अहिलेसम्म कुनै पनि लाभको पद लिएका थिएनन्।

उनी २०६२/६३ सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्ने विद्यार्थी पुस्ताका नेता हुन् । उनले नेविसंघको पूर्वकेन्द्रीय सदस्य तथा नेविसंघ काभ्रेको पूर्वजिल्ला सभापतिका रूपमा कार्यकाल सम्हालिसकेका छन्।

यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रबाट गठबन्धनको उम्मेदवार रहेकी तारा राना तिमल्सिना ४ हजार ४९८ मतसहित विजयी भइन् । एमालेकी सरला केसीले ३ हजार ५७३ मत ल्याएर उपाध्यक्षमा पराजित भइन् ।

१,२, ४ र ६ मा कांग्रेसको प्यानल नै विजयी भयो। त्यसैगरी वडा ५ मा स्वतन्त्र उम्मेदवार राजकुमार वाइवा वडाध्यक्षमा विजयी भए । यस वडामा कांग्रेसका दुई तथा स्वतन्त्रबाट दुईजना सदस्य निर्वाचित भए।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा 

ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा 

वि.सं.२०८३ असार ११ बिहीवार ०१:०६

ललितपुर । ललितपुर महानगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (डीआरआर) क्षमतालाई...

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

वि.सं.२०८३ असार १० बुधवार २२:०४

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशन भव्यताका साथ...

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वि.सं.२०८३ असार १० बुधवार १७:०८

वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक...

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

वि.सं.२०८३ असार १० बुधवार १७:०४

मुगु । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि...

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

वि.सं.२०८३ असार १० बुधवार १७:०१

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि...

गोडैता नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

गोडैता नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

वि.सं.२०८३ असार ९ मंगलवार ११:०८

सर्लाही । सर्लाहीको गोडैता नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना...