back

६३८ पालिकाको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (विवरणसहित)

काठमाडौं। गत वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा सम्पन्न निर्वाचनको हालसम्म ६३८ वटामा मगगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म सबैभन्दा पालिकामा नेपाली कांग्रेसले जित निकालेको छ । त्यसपछि क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले बढी पालिकामा जित निकालेका छन् ।

कांग्रेसले मतगणना सम्पन्न भएका पालिकामध्ये २८३ वटाको प्रमुख तथा अध्यक्ष जितेको छ । अन्तिम मतपरिणाम आएकामध्ये ४४.३५ प्रतिशत पालिकाको प्रमुख तथा अध्यक्ष कांग्रेसले जितेको छ ।

यस्तै, एमालेले १७८ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । यो भनेको मतगणना सम्पन्न भएका पालिकाको २७.८९ प्रतिशत हो ।

माओवादीले १११ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सकिएका पालिकामध्ये १७.३९ प्रतिशतमा माओवादीका प्रमुख तथा अध्यक्षका उम्मेदवार विजयी बनेका छन् ।

जसपाले २० वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालीसकेको छ । यो भनेको कूल मतगणना सम्पन्न भएका पालिकाको ३.१३ प्रतिशत हो ।

एकीकृत समाजवादीले हालसम्म १४ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ । मतगणना सकिएकामध्ये २.१९ प्रतिशत पालिकामा एकीकृत समाजवादीका प्रमुख तथा अध्यक्षका उम्मेदवारले जितेका छन् ।

लोसपाले ७ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । यो भनेको कूल मतगणना सम्पन्ना भएका पालिका प्रमुख तथा अध्यक्षको १.०९ प्रतिशत हो ।

आयोगका अनुसार अन्य साना दल र स्वतन्त्र उम्मेदवारले २५ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् । मतगणना सम्पन्न भएका पालिकामध्ये ३.९१ प्रतिशतको प्रमुख तथा अध्यक्ष पदमा साना दल तथा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

 


Kageshwori manohara
सिन्धुलीको फिक्कल गाउँपालिकाले लगानी सम्मेलन गर्ने, ५० अर्ब लगानी गाउँपालिकामा भित्राउने लक्ष्य

सिन्धुलीको फिक्कल गाउँपालिकाले लगानी सम्मेलन गर्ने, ५० अर्ब लगानी गाउँपालिकामा भित्राउने लक्ष्य

वि.सं.२०८० मंसिर १२ मंगलवार १९:१०

काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिकामा प्रथम लगानी सम्मेलन हुने भएको...

पहिलो चौमासिकमा काठमाडौँ महानगरको राजस्व करिब ३ अर्ब उठ्यो

पहिलो चौमासिकमा काठमाडौँ महानगरको राजस्व करिब ३ अर्ब उठ्यो

वि.सं.२०८० मंसिर ६ बुधवार १४:३५

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा रू...

ललितपुरले किन्यो दुईवटा अत्याधुनिक दमकल,मेयर चिरिबाबु महर्जनले गरे उद्घाटन

ललितपुरले किन्यो दुईवटा अत्याधुनिक दमकल,मेयर चिरिबाबु महर्जनले गरे उद्घाटन

वि.सं.२०८० मंसिर ६ बुधवार १४:१६

ललितपुर । ललितपुर महानगरपालिकाले दुईवटा अत्याधुनिक दमकल खरिद गरेको छ...

गत आवमा काठमाडौँ महानगरपालिकाको राजस्व दश अर्ब २५ करोड

गत आवमा काठमाडौँ महानगरपालिकाको राजस्व दश अर्ब २५ करोड

वि.सं.२०८० साउन २४ बुधवार १६:२४

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा रु...

ओखलढुङ्गामा नक्कली बिल बनाएर भ्रष्टाचार, वडाध्यक्ष सहित १० जनाविरुद्ध आरोपपत्र दायर

ओखलढुङ्गामा नक्कली बिल बनाएर भ्रष्टाचार, वडाध्यक्ष सहित १० जनाविरुद्ध आरोपपत्र दायर

वि.सं.२०८० साउन ८ सोमवार १०:३३

काठमाडौं । अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले नक्कली बिल बनाएर भ्रष्टाचार...

स्वीस टुरिजम अवार्ड २०२३ का लागि काठमाडौँ महानगरपालिका छनोट

स्वीस टुरिजम अवार्ड २०२३ का लागि काठमाडौँ महानगरपालिका छनोट

वि.सं.२०८० साउन ३ बुधवार ११:१७

काठमाडौँ। काठमाडौँ महानगरपालिका ‘स्वीस टुरिजम अवार्ड २०२३’ का लागि छनोट...