back
himalayan life

इलामको फाकफोकथुम गाउँपालिकामा एमाले विजयी

इलाम। इलामको फाकफोकथुम गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी भएको छ ।

एमालेका दिपेन्द्र खनाल ५ हजार ३२२ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका डिकबहादुर थापाले ४ हजार ८२१ मत पाए ।

खनाल २०७४ को स्थानीय तहको निर्वाचतमा पनि एमालेबाट उम्मेदवार थिए । त्यसबेला खनाल कांग्रेसका रामकुमार श्रेष्ठसँग पराजित भएका थिए ।
उपाध्यक्षमा पनि एमालेकी कल्पना राई निर्वाचित भएकी छिन् । उनी ५ हजार १५८ मतसहित विजयी हुँदा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका केवी वान्तवाले ४ हजार १४७ मत पाए ।

फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका कर्णबहादुर लिुम्बु, वडा नम्बर २ मा कांग्रेसकै यामबहादुर खत्री पौडेल, ३ मा एमालेका दिपेन्द्र लिम्बु, ४ मा कांग्रेसका पदमबहादुर मगर, ५ मा एमालेका सिद्धान्त आले, ६ मा एमालेका टंकनाथ खनाल, ७ मा कांग्रेसका छत्रबहादुर लिम्बु वडाध्यक्षमा निर्वाचित भएका छन् । फाकफोकथुममा नेपाली कांग्रेसका १४ र एमालेका २३ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता

वि.सं.२०८३ असार ११ बिहीवार १६:४७

काठमाडौं । नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक...

ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा 

ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा 

वि.सं.२०८३ असार ११ बिहीवार ०१:०६

ललितपुर । ललितपुर महानगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (डीआरआर) क्षमतालाई...

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

वि.सं.२०८३ असार १० बुधवार २२:०४

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशन भव्यताका साथ...

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वि.सं.२०८३ असार १० बुधवार १७:०८

वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक...

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

वि.सं.२०८३ असार १० बुधवार १७:०४

मुगु । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि...

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

वि.सं.२०८३ असार १० बुधवार १७:०१

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि...