back

काठमाडौंको शंखरापुरको मेयरमा राप्रपाका रमेश नापित विजयी

राप्रपाले पहिलो पटक काठमाडौंमा जित हात पारेको हो ।

काठमाडौँ — काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयरमा निर्वाचित भएका छन् ।

मुलुकभर स्थानीय तहको मतगणना भइरहँदा राप्रपाबाट नापित पहिलो निर्वाचित मेयर बनेका छन् ।

नापितले गठबन्धनका उम्मेदवार एवं एकीकृत समाजवादीका लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठलाई ४९८ मतको अन्तरले पराजित गरेका हुन् ।

नापितले ४७०० र श्रेष्ठले ४२०२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपमेयरमा गठबन्धन एवं कांग्रेसकी उम्मेदवार समिता श्रेष्ठ निर्वाचत भएकी छिन् ।

शंखरापुरमा कांग्रेस र समाजवादीले गठबन्धन गरेका हुन । उपमेयर श्रेष्ठले ३१६४ मतको अन्तरले राप्रपाकी विजयकुमारी वाइबालाई पराजित गरेका हुन् ।

श्रेष्ठले ६३६२ र वाइबाले ३२९८ मत प्राप्त गरेका छन् ।

यसैगरी मेयरमा नेकपा एमालेका कृष्णलाल बजगाईंले ३६२२ मत प्राप्त गरी तेस्रो स्थानमा आएका छन् भने माओवादी केन्द्रका मधु केसीले २२४४ मत प्राप्त गरेका छन् ।

यसैगरी कांग्रेसले वडा नम्बर २,४,८ र ९ मा जित हात पार्दा राप्रपाले ३,६ र ७ एमालेले ५ र माओवादीले वडा नम्बर १ वडामा विजय हासिल गरेको छ ।

यस २०७४ को निर्वाचनमा शंखरापुरमा एमालेले जित हासिल गरेको थियो ।

२०६२/६३ पछि भएका दुई वटा स्थानीय तहको निर्वाचनमा राप्रपाले पहिलो पटक काठमाडौंमा जित हात पारेको हो ।


भोलिदेखि विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको आग्रह

भोलिदेखि विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको आग्रह

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:२७

काठमाडौँ । ललितपुर महानगरपालिकाले भोलिदेखि (वैशाख १६ गते) सबै सामुदायिक...

ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धनका लागि सहकार्य

ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धनका लागि सहकार्य

वि.सं.२०८२ वैशाख १५ सोमवार १४:०३

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच...

काठमाडौं महानगरको मेलमिलाप संयन्त्र र अभ्यास युरोपियन देशमा प्रशंसा

काठमाडौं महानगरको मेलमिलाप संयन्त्र र अभ्यास युरोपियन देशमा प्रशंसा

वि.सं.२०८२ वैशाख ८ सोमवार १०:३९

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाले सञ्चालन गरेको...

गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार

गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:३४

रौतहट । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी माथि गोली...

उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन

उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन

वि.सं.२०८२ वैशाख ३ बुधवार १३:४४

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल स्वीजरल्याण्डको जेनेभाबाट विश्व...

चार पालिकाले संयुक्त रुपमा नगरकोट भ्रमण वर्ष आयोजना गर्ने

चार पालिकाले संयुक्त रुपमा नगरकोट भ्रमण वर्ष आयोजना गर्ने

वि.सं.२०८१ चैत २९ शुक्रवार १८:३७

नगरकोट । भक्तपुर, काठमाडौं र काभ्रेपलान्चोकका बिभिन्न चार नगरपालिकाको संयुक्त...