back

काठमाडौंको शंखरापुरको मेयरमा राप्रपाका रमेश नापित विजयी

राप्रपाले पहिलो पटक काठमाडौंमा जित हात पारेको हो ।

काठमाडौँ — काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयरमा निर्वाचित भएका छन् ।

मुलुकभर स्थानीय तहको मतगणना भइरहँदा राप्रपाबाट नापित पहिलो निर्वाचित मेयर बनेका छन् ।

नापितले गठबन्धनका उम्मेदवार एवं एकीकृत समाजवादीका लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठलाई ४९८ मतको अन्तरले पराजित गरेका हुन् ।

नापितले ४७०० र श्रेष्ठले ४२०२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपमेयरमा गठबन्धन एवं कांग्रेसकी उम्मेदवार समिता श्रेष्ठ निर्वाचत भएकी छिन् ।

शंखरापुरमा कांग्रेस र समाजवादीले गठबन्धन गरेका हुन । उपमेयर श्रेष्ठले ३१६४ मतको अन्तरले राप्रपाकी विजयकुमारी वाइबालाई पराजित गरेका हुन् ।

श्रेष्ठले ६३६२ र वाइबाले ३२९८ मत प्राप्त गरेका छन् ।

यसैगरी मेयरमा नेकपा एमालेका कृष्णलाल बजगाईंले ३६२२ मत प्राप्त गरी तेस्रो स्थानमा आएका छन् भने माओवादी केन्द्रका मधु केसीले २२४४ मत प्राप्त गरेका छन् ।

यसैगरी कांग्रेसले वडा नम्बर २,४,८ र ९ मा जित हात पार्दा राप्रपाले ३,६ र ७ एमालेले ५ र माओवादीले वडा नम्बर १ वडामा विजय हासिल गरेको छ ।

यस २०७४ को निर्वाचनमा शंखरापुरमा एमालेले जित हासिल गरेको थियो ।

२०६२/६३ पछि भएका दुई वटा स्थानीय तहको निर्वाचनमा राप्रपाले पहिलो पटक काठमाडौंमा जित हात पारेको हो ।

nactional life
Corporatebazar 11 Anniversary

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:५९

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको मनोहरा जग्गा एकीकरण आयोजनाको...

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार ११:१३

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

दुई दिन बिदा अव्यवहारिक भन्दै गोकुलगंगा गाउँपालिकाले गर्यो आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

दुई दिन बिदा अव्यवहारिक भन्दै गोकुलगंगा गाउँपालिकाले गर्यो आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

वि.सं.२०८३ वैशाख १६ बुधवार ११:००

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले केन्द्र सरकारले शनिबार र आइतबार...

रास्कोट नगरपालिका : आशालाग्दो स्थानीय तह, विकासमा फड्को

रास्कोट नगरपालिका : आशालाग्दो स्थानीय तह, विकासमा फड्को

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:३७

सुर्खेत । कालिकोटको रास्कोट नगरपालिकाले सीमित स्रोतसाधनकाबीच स्थानीय सरकार नागरिकको...

४० जनालाई फोटोग्राफी तालिम दिन काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डबिच सम्झौता

४० जनालाई फोटोग्राफी तालिम दिन काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डबिच सम्झौता

वि.सं.२०८३ वैशाख १५ मंगलवार १९:४४

काठमाडौं । काठमाडौं महानगरपालिकाले युवाहरूलाई सिपमूलक र रोजगारमूलक फोटोग्राफी तालिम...

उपत्यकामा वैशाख १५ देखि नियमित पठनपाठन सुरु गर्न मेयर्स फोरमको आग्रह

उपत्यकामा वैशाख १५ देखि नियमित पठनपाठन सुरु गर्न मेयर्स फोरमको आग्रह

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:३३

काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले विद्यालय सञ्चालन र शैक्षिक...