सिर्जना सिंहलाई काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार बनाउने काँग्रेसमा सहमति,को हुन् श्रृजना ?
वि.सं.२०७९ वैशाख ९ शुक्रवार
काठमाडौं । नेपाली काँग्रेसले काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहलाई बनाउने भएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा जारी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा सिंहलाई मेयरको उम्मेदवार बनाउने सहमति भएको हो ।
बैठक चलिरहदा काँग्रेसकि एक नेत्रिले भनिन् , ‘काठमाडौं महानगरपालिकामा सिर्जना सिंहको नाममा सबैजना सहमत हुनुहुन्छ । काठमाडाैंकाे मेयरमा उहाँकाे सम्भावना बढी छ । औपचारिक निर्णय भने भोलि विहान ११ बजेपछि हुन्छ ।’ काठमाडौँको मेयरको उम्मेदवार बन्ने पक्कापक्की भएकी श्रृजना काँग्रेस नेता प्रकाशमान सिंहकी पत्नी पनि हुन् त्यसैलेगर्दा पनि सिर्जना नै हुन्छिन् अरुको सम्भावना धेरै कम छ उनले भनिन्।
काँग्रेसले भोलि शनिबार विहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिबाट महानगरपालिका मेयर र उप-मेयरका उम्मेदवार चयन गर्ने छ भने ललितपुर र विराटनगर महानगरपालिका प्रमुखमा भने मुख्यत: तीन जनाको नाममा छलफल भइरहेको उनले वताईन्। लितपुर महानगरपालिकामा मुख्यतः वर्तमान मेयर चिरिबाबु महर्जन, पूर्व सांसद चन्द महर्जन र प्रेमकृष्ण महर्जनको नाममाथि छलफल भइरहेको छ । यस्तै विराटनगर महानगरपालिकामा डिला संग्रौला, भीम पराजुली लगायतको नाममाथि छलफल भइरहेको छ ।
को हुन् श्रृजना सिंह?
श्रृजना सिंह नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहकी पत्नी हुन्। पहिला काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारका लागि दोस्रो नम्बरमा सिफारिस भएकी थिइन् । प्रकाशमानकी पत्नी मात्र नभइ उनको राजनीतिक पृष्ठभूमि लामो छ ।
उनले ०३२ सालमा काँग्रेसको क्रियाशील सदस्यता लिएकी थिइन् । ०३६ सालमा काँग्रेस प्रतिबन्धित हुँदा उनी गोरखा नेपाल महिला संघ बहुदल प्रचार–प्रसार समितिको संयोजक थिइन् ।
उनी ०३६ सालदेखि ३८ सालसम्म नेविसंघको क्याम्पस इकाई सभापति पनि भएकी थिइन् । त्यसपछि उनले शंकरदेव क्याम्पसको स्ववियु निर्वाचनमा वर्तमान उर्जामन्त्री पम्फा भुसाललाई कोषाध्यक्षमा हराएकी थिइन् ।
त्यसैगरि ०४२ सालमा प्रकाशमानसँग बिहे गरेपछि उनी राजनीतिबाट निष्क्रिय जस्तै हुन पुगिन् । यद्यपि ०५९ मा काँग्रेस विभाजन भइ बनेको शेरबहादुर देउवा नेतृत्वको काँग्रेस प्रजातान्त्रिकमा उनको सक्रियता देखिएको थियो । पति प्रकाशमान जेलमा भएका बेला काँग्रेस प्रजातान्त्रिकको ११ औं महाधिवेशनमा उनी महाधिवेशन प्रतिनिधि भएकी थिइन् ।
त्यसपछि भने काँग्रेस राजनीतिमा उनको सक्रियता थिएन । तर काँग्रेसको १४ औं महाधिवेशनबाट सिर्जना पुनः सक्रिय राजनीतिमा देखिएकी हुन् ।
अ
१४ औं महाधिवेशनमा उनी काठमाडौं क्षेत्र नम्बर ७ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि समेत बनेकी थिइन् ।
प्रकाशित समय : १९:०१ बजे






















