back
himalayan life

नेचासल्यान गाउँपालिका अध्यक्षमा कांग्रेसबाट बास्तोलाको दाबी,को हुन् बास्तोला,के छन् एजेण्डा ?

सोलुखुम्बु । नेचासल्यान गाउँपालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेसको तर्फबाट शम्भुहरि बास्तोलाले आफ्नो दाबी प्रस्तुत गरेका छन् । नेपाली कांग्रेस नेचासल्यान गाउँ कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बास्तोलाले गाउँपालिका अध्यक्षमा उम्मेदवारीको दाबी प्रस्तुत गरेका हुन् ।

उम्मेदवारी घोषणा पश्चात नेता बास्तोलाले नेचासल्यान गाउँपालिको समृद्धि र सुशासनका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय महासमिति सदस्य भइसकेका बास्तोला विश्व हिन्दु महासंघको केन्द्रीय/अन्तर्राष्ट्रिय समितिको महासचिव समेत हुन् ।

दुईदशक अगाडिदेखि समाजसेवा, राजनीति र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियानमा सकृय रहेका बास्तोला विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरम पार्टीमा केन्द्रीय सहमहामन्त्रीको जिम्मेवारीमा रहेर काम गरेका थिए ।

वि.सं. २०७० को संविधानसभा सदस्य निर्वाचनमा बास्तोला संविधानसभा सदस्यको लागि समानुपातिक तर्फबाट उम्मेदवार रहेका थिए।

नेपाली कांग्रेस स्थानीय तह घोषणापत्र तयारी समितिका संयोजक बास्तोला बौद्धिक एवं लोकप्रिय नेताको रूपमा स्थापित छन् ।

यस्ता छन् एजेण्डा।
गाउँपालिकाको भौतिक पुर्वाधारको विकास सँगै कृषिको आधुनिकीकरण, ब्यवसायीकरण, बजारीकरण गर्ने।
मौलिक संस्कृति एवं पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने।
त्यसैगरि शिक्षा, स्वास्थ्य, खेलकुद, सञ्चार, यातायात, सिचाइ र खानेपानीको विषयलाई प्राथमिकतामा राखी स्थानीय स्तरमै दक्ष जनशक्तिको विकास एवं रोजगारीको सिर्जना गरी आत्मनिर्भर र सुशासनयुक्त गाउँपालिका निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता

वि.सं.२०८३ असार ११ बिहीवार १६:४७

काठमाडौं । नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक...

ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा 

ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा 

वि.सं.२०८३ असार ११ बिहीवार ०१:०६

ललितपुर । ललितपुर महानगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (डीआरआर) क्षमतालाई...

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

वि.सं.२०८३ असार १० बुधवार २२:०४

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशन भव्यताका साथ...

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वि.सं.२०८३ असार १० बुधवार १७:०८

वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक...

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

वि.सं.२०८३ असार १० बुधवार १७:०४

मुगु । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि...

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

वि.सं.२०८३ असार १० बुधवार १७:०१

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि...