back

कोरोनाबाट मृत्यु भएकाको परिवारलाई ललितपुर महानगरको राहत

काठमाडौँ । डेढवर्ष देखि नेपालमा कोरोना भाइरसको संक्रमण कायमै छ । सुरुवाती चरणदेखि नै माहामारी नियन्त्रणका लागि देशका विभिन्न स्थानीय तहहरु सक्रिय भएर लागि परे ।

मुलुक कोरोना भाइरसबाट त्रसित भइरहँदा सुगमदेखि दुर्गमसम्मका स्थानीय तहहरुले कोरोना भाइरसको नियन्त्रणका लागि काम गरे । कतिपय उपमहानगर, महानगर, नगरपालिका, गाउँपालिका र वडाका जनप्रतिनिधिहरु माहामारीलाई नियन्त्रण गर्न अहोरात्र खटे ।

जसमध्य केन्द्रमा रहेको ललितपुर महानगरपालिका पनि एक हो ।

२०७६ सालको अन्तिमबाट सुरु भएको कोरोना भाइरस नियन्त्रणका लागि महानगरले आफ्नै नगरभित्र मास्क, स्यानीटाइजर बनाउने काम थाल्यो । उत्पादन गरिएका स्वास्थ्य सामग्री नगरवासीका घरदैलोमा पुगि वितरण पनि गरे ।

लामो समय बित्दा पनि कोरोना माहामारी नियन्त्रण हुन सकेन । पहिलो र दोस्रो लहरको भाइरसले ललितपुरमा संक्रमित भए ।

दशैंपछि रकम दिइने

ललितपुर महानगरले कोरोनाबाट मृत्यु भएका परिवारलाई १ लाख २० हजार दिने र अस्पताल भर्ना भएर निको भएकालाई ६० हजार रुपैयाँ दिने तयारी थालेको छ ।
यसका लागि महानगरले केही समयअघि ‘कोरोना संक्रमित बिरामीहरुलाई प्रदान गरिने उपचार तथा राहत सहयोगसम्बन्धी निर्देशिका–२०७८’ जारी गरेको थियो ।
महानगरपालिकाले कोरोना संक्रमण भई अस्पताल, आइसोलेसन सेन्टर वा अन्य ठाउँमा मृत्यु भएका वा संक्रमणमुक्त भएका तर डिस्चार्ज नहुँदै उपचारका क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई राहत स्वरुप १ लाख २० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

कोरोना संक्रमण भई अस्पताल वा स्वास्थ्य संस्थाको आईसीयू वा भेन्टिलेटरमा उपचार गराएका नगरवासीलाई उपचार खर्च तथा राहत वापत ६० हजार रुपैयाँ उपलब्ध गराउने निर्देशिकामा उल्लेख छ ।
यस्तै संक्रमण पुष्टि भएर अस्पताल वा स्वास्थ्य संस्थामा भर्ना भएर सामान्य उपचार गराई संक्रमण मुक्त भएका व्यक्तिहरुले पनि अस्पतालको बिलको आधारमा बढीमा ३० हजार रुपैयाँ राहत पाउनेछन् ।

उपचार तथा राहत सहयोग प्राप्त गर्नका लागि संक्रमित व्यक्ति अस्पताल वा स्वास्थ्य संस्थामा भर्ना भई उपचार गरेको हुनुपर्नेछ ।
महानगरकी उपप्रमुख गीता सत्यालले दिएको जानकारीअनुसार २०७७ साउन १ गते पश्चात कोरोना संक्रमित भएका महानगरपालिकाका स्थायी नागरिकले मात्रै यो सहयोग प्राप्त गर्नेछन् ।

उपचार तथा राहत सहयोग प्राप्त गर्नका लागि २०७८ असार ६ गतेभन्दा अगाडि संक्रमित भएका व्यक्तिको हकमा ६० दिनभित्र पेश गर्नुपर्ने छ ।
राहत वितरणका लागि उपप्रमुखको नेतृत्वमा एक समिति गठन गरिएको छ । जसमार्फत नाम संकलन भइरहेको छ । हालसम्म कोरोनाका कारण मृत्यु भएकाको संख्या फाइनल भएको तर अस्पतालमा आइसियू र भेन्टिलेटरमा बसि उपचार गराएकाको संख्या संकलन गर्न बाँकी रहेको सत्यालले जानकारी दिइन् ।

हाल महानगरभित्र कोरोना संक्रमण भएर अस्पतालमा भर्ना भइ उपचार सकेर घर फर्किएकाहरुको तथ्याङ्क संकलन गरिरहेको छ ।
‘तथ्याङ्कमा महानगरभित्र मृत्यु भएका २ सय ६८ जना भएका छन््’ सत्यालले समग्र समाचारसँग भनिन्, ‘त्यस्तै अस्पतालमा आइसीयू र भेन्टिलिटरमा उपचार गरी कोरोना निको भएकाहरुको पनि तथ्याङ्क संकलन गरिरहेका छौं ।’

उनकाअनुसार ०७७ साउन १ गतेपश्चात कोरोना संक्रमित भएका नगरवासीले रकम पाउनेछन् ।
दशैं र तिहारको बीचमा राहत स्वरुप यो रकम दिइने महानगरको तयारी छ । राहतका लागि कोरोना कोषमा जम्मा भएको रकम प्रयोग गरिने उनले बताइन् ।

राहत प्राप्त गर्ने प्रक्रिया

महानगरले दिने राहत प्राप्त गर्नका लागि कोभिड पोजेटिभ भएको पीसीआर रिपोर्ट चाहिनेछ ।
त्यस्तै संक्रमितको पहिचान खुल्ने कागजात, अस्पताल भर्ना–डिस्चार्ज भएको मिति उल्लेखित कागजात आवश्यक पर्नेछ ।
मृतकको हकमा अस्पतालले उपलब्ध गराएको मृत्यु प्रमाणपत्र, सम्बन्धित वडा कार्यालयको मृत्यु दर्ता प्रमाणपत्र, मृतकसँगको नाता सम्बन्ध खुल्ने कागजात आवश्यक रहेको सत्यालले जानकारी दिइन् ।

होम आइसोलेसनमा वा अन्यत्र मृत्यु हुनेको हकमा वडा कार्यालयको सिफारिस तथा शव व्यवस्थापन पुष्टि हुने कागजात पेश गर्नुपर्ने उक्त निर्देशिकामा उल्लेख छ ।
हालसम्म ललितपुर महानगरपालिकामा १ लाख ९९ हजार ५ सय ६७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

महानगर, जनस्वास्थ्य महाशाखा प्रमुख सरिता महर्जनकाअनुसार महानगरका १ लाख १६ हजार ९ सय ५१ जनाले पहिलो डोज खोप लगाएका छन् ।
त्यस्तै ८२ हजार ६ सय १६ जनाले दोस्रो चरणको खोप लगाएका छन् । यो गत असोज ९ गतेसम्म खोप लगाउनेको संख्या हो ।
कोरोना भाइरस संक्रमितको संख्या भने केही दिनयता मुलुकभरि नै घट्दो क्रममा छ । हाल ललिपुरमा ३ सयजना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै विगतको तुलनामा संक्रमितको संख्या घट्दो क्रममा छ । हाल ललितपुरमा दैनिक सरदरमा ६० जनामा कोरोना संक्रमण पुष्टि भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

घरजग्गा कारोबारमा नयाँ नियम: महानगर र उपमहानगरभित्र ठूलो रकमको कारोबार गर्न अनिवार्य इजाजतपत्र लिनुपर्ने

घरजग्गा कारोबारमा नयाँ नियम: महानगर र उपमहानगरभित्र ठूलो रकमको कारोबार गर्न अनिवार्य इजाजतपत्र लिनुपर्ने

वि.सं.२०८३ साउन २२ शुक्रवार १२:३६

काठमाडौँ। महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र ठूलो रकमको घरजग्गा कारोबार गर्न...

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०४

काठमाडौं। काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको...

सडकको बेहाल : हिलोको पोखरी र खाल्डैखाल्डाले हिड्न सास्ती

सडकको बेहाल : हिलोको पोखरी र खाल्डैखाल्डाले हिड्न सास्ती

वि.सं.२०८३ साउन २१ बिहीवार २०:२७

रौतहट । सडकको नाममा हिलोको पोखरी र खाल्डैखाल्डा मात्रै देखिने...

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा बिदाइ

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा बिदाइ

वि.सं.२०८३ साउन २१ बिहीवार ११:१४

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि...

गढवा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ५ जनाविरुद्ध १ करोड ४१ लाख भ्रष्टाचारको मुद्दा दायर

गढवा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ५ जनाविरुद्ध १ करोड ४१ लाख भ्रष्टाचारको मुद्दा दायर

वि.सं.२०८३ साउन १९ मंगलवार १९:२५

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकाका तत्कालीन...

ललितपुर–२१ मा ४ करोडको बजेटबाट ७७ वटा विकास योजना सञ्चालन हुँदै

ललितपुर–२१ मा ४ करोडको बजेटबाट ७७ वटा विकास योजना सञ्चालन हुँदै

वि.सं.२०८३ साउन १३ बुधवार १५:०३

काठमाडौं । ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक...