back

राष्ट्रिय परिचयपत्रमार्फत सेवा एकीकृत, दैनिक ६–८ हजार नागरिक लाभान्वित

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जिल्ला प्रशासन कार्यालय, ललितपुरको अवलोकन गरेका छन् । मन्त्री अर्याल नेतृत्वको टोलीले कार्यालयको सेवा प्रवाह, नागरिकलाई प्रदान गरिँदै आएका सेवाहरू तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी कार्यप्रणालीको निरीक्षण गरेको हो ।

अवलोकनका क्रममा उनले सूचना प्रविधिको युगअनुसार नागरिकलाई सहज, छरितो र झन्झटरहित सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । विगतमा एउटै प्रकृतिका विवरणका लागि विभिन्न सरकारी निकायमा फरक–फरक फाराम भर्नुपर्ने अवस्थालाई अन्त्य गर्दै राष्ट्रिय परिचयपत्रमार्फत एकीकृत सेवा प्रवाह सुरु गरिएको उनले उल्लेख गरे ।

यसअघि सेवाग्राहीहरूले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता (प्रि–एन्रोलमेन्ट) फाराम भरी जैविक (बायोमेट्रिक) विवरण दिन सम्बन्धित इकाइमा उपस्थित हुनुपर्ने व्यवस्था थियो । यसले समय र लागत बढाएको थियो । तर अहिले गृह मन्त्रालयले केन्द्रीकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआवद्धता कायम गरेपछि प्रि–एन्रोलमेन्ट फाराम भर्नु नपर्ने व्यवस्था गरिएको छ ।

मन्त्रालयका अनुसार हाल १२ वटा सार्वजनिक सेवासँग अन्तरआवद्धता भइसकेको छ । यसबाट दोहोरो काम घटेको, राज्यकोषमा बचत भएको तथा आर्थिक र सामाजिक अपराध नियन्त्रणमा समेत सहयोग पुगेको जनाइएको छ ।

राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा व्यक्तिको पहिचान र प्रमाणीकरण गरी नागरिकका वैयक्तिक तथा जैविक विवरण प्रयोग गरेर प्रविधिमैत्री सेवा प्रवाह सुनिश्चित गरिएको छ । यसले सुशासन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।

गृह मन्त्रालयका अनुसार हाल दैनिक करिब ६ हजारदेखि ८ हजारसम्म सेवाग्राही यस प्रणालीबाट लाभान्वित भइरहेका छन् । मन्त्री अर्यालले यसलाई सार्वजनिक सेवा सुधारतर्फको महत्वपूर्ण उपलब्धि र ऐतिहासिक कदमका रूपमा उल्लेख गरेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस

पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस

वि.सं.२०८३ साउन ११ सोमवार २२:४४

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन...

सेलेघाट–साँघुटार सडक निर्माण कछुवा गतिमा : अलपत्र आयोजनाले स्थानीयको घर–जग्गा जोखिममा  

सेलेघाट–साँघुटार सडक निर्माण कछुवा गतिमा : अलपत्र आयोजनाले स्थानीयको घर–जग्गा जोखिममा  

वि.सं.२०८३ साउन ११ सोमवार १४:४०

रामेछाप । रामेछापको सेलेघाटदेखि ओखलढुङ्गाको सिमाना साँघुटारसम्म निर्माणाधीन सडक आयोजना...

विकटताबीच गौमूल पालिकाको प्रगति : पूर्वाधार र सेवा विस्तारमा उल्लेखनीय सुधार, बजेट वितरणमा पुनर्विचारको माग

विकटताबीच गौमूल पालिकाको प्रगति : पूर्वाधार र सेवा विस्तारमा उल्लेखनीय सुधार, बजेट वितरणमा पुनर्विचारको माग

वि.सं.२०८३ साउन ११ सोमवार ०९:०४

काठमाडौं । बाजुरा जिल्लाको मानव विकास सूचकांकमा ७७ औँ स्थानमा...

खाद्य अधिकार र सम्प्रभुता: नीति कागजमा, नागरिक भोकमरीको चिन्तामा

खाद्य अधिकार र सम्प्रभुता: नीति कागजमा, नागरिक भोकमरीको चिन्तामा

वि.सं.२०८३ साउन ६ बुधवार २०:४९

काठमाडौं । नागरिकको खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको प्रभावकारी कार्यान्वयन,...

काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा 

काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा 

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र यसअघि जुनसुकै समयबाट सञ्चालन भए पनि...

लामो समयदेखि अनुपस्थित सह-सचिवलाई सरकारी सेवाबाट हटाउने गरी कारबाही सिफारिस

लामो समयदेखि अनुपस्थित सह-सचिवलाई सरकारी सेवाबाट हटाउने गरी कारबाही सिफारिस

वि.सं.२०८३ असार ३० मंगलवार १३:५२

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...