back
Naima

संघीयता पूर्णरुपमा कार्यान्वयन नहुँदा प्राकृतिक स्रोतको परिचालनमा समस्या आयो : एकनारायण अर्याल

काठमाडौं । संघीयता पूर्णरुपमा कार्यान्वयन हुन नसक्दा प्राकृतिक स्रोतको परिचालनमा विभिन्न समस्याहरु देखा परेको मुख्यसचिव एकनारायण अर्यालले बताएका छन् ।

आइतबार नेपाल कानून समाज र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयद्धारा आयोजित कार्यविस्तृतीकरण प्रतिवेदनलाई कार्यान्वयन गर्न सहयोग पुर्याउने उद्देश्यले प्राकृकित स्रोत व्यवस्थापन विषय अन्तर्गत वन तथा वातावरण, खानी र जलस्रोत विषयमा अन्तरक्रिया कार्यक्रममा उनले प्राकृतिक स्रोतको बाडफाडको हिसाबमा सरलता दिन नसकिएको बताएका हुन् ।

उनले भने, ‘प्राकृतिक स्रोतको बाडफाडको हिसाबमा जुन सरलता पाउनुपर्थ्यो त्यो दिन सकिएन किनभने हामीले संघीयता जनताकै घरदैलोमा सेवा पुर्याउने भनेर ल्याएको तर संघीयता पूर्णरुपमा कार्यान्वयन हुन नसक्दाखेरी अहिले विभिन्न समस्याहरु देखा परेका छन् ।’ उनले नेपालको संविधानमा अनुसुचिहरुमा प्राकृतिक स्रोतको बाडफाड र परिचालनको विषय मात्र नभई धेरै विषयहरुमा स्पष्ट नभएको बताए ।

‘संविधानका अनुसुचिहरुमा सेवा प्रवाहमा विषयहरुसँगै प्राकृतिक स्रोतको बाडफाड र परिचालनको विषय मात्र हैन धेरै विषयहरुमा जनतालाई सुविधा दिन सकिएन किनभने हामीले प्रवाह गर्ने सेवाहरु नक्कली भयो । जनताले सेवा कहाँबाट पाउने स्पष्ट छैन,’ उनले भने । उनले प्रदेश र स्थानिय तहरुले प्राकृतिक स्रोतहरुको उपयाग गरी आफ्नो काम गर्दै गर्दा संविधानका अनुसुचीहरु स्पष्ट नरहेको भन्दै संविधान संशोधन गर्नुपर्ने देखिएको बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

घरजग्गा कारोबारमा नयाँ नियम: महानगर र उपमहानगरभित्र ठूलो रकमको कारोबार गर्न अनिवार्य इजाजतपत्र लिनुपर्ने

घरजग्गा कारोबारमा नयाँ नियम: महानगर र उपमहानगरभित्र ठूलो रकमको कारोबार गर्न अनिवार्य इजाजतपत्र लिनुपर्ने

वि.सं.२०८३ साउन २२ शुक्रवार १२:३६

काठमाडौँ। महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र ठूलो रकमको घरजग्गा कारोबार गर्न...

सडकको बेहाल : हिलोको पोखरी र खाल्डैखाल्डाले हिड्न सास्ती

सडकको बेहाल : हिलोको पोखरी र खाल्डैखाल्डाले हिड्न सास्ती

वि.सं.२०८३ साउन २१ बिहीवार २०:२७

रौतहट । सडकको नाममा हिलोको पोखरी र खाल्डैखाल्डा मात्रै देखिने...

भूमि प्रशासनका जटिल लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अब आफैँ भर्न सक्ने

भूमि प्रशासनका जटिल लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अब आफैँ भर्न सक्ने

वि.सं.२०८३ साउन २१ बिहीवार ११:११

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन...

पालिकाले सूचना ननिकाल्दा सुकुम्वासी व्यवस्थापन प्रभावित : मन्त्री रावल

पालिकाले सूचना ननिकाल्दा सुकुम्वासी व्यवस्थापन प्रभावित : मन्त्री रावल

वि.सं.२०८३ साउन १९ मंगलवार १९:३१

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन...

गढवा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ५ जनाविरुद्ध १ करोड ४१ लाख भ्रष्टाचारको मुद्दा दायर

गढवा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ५ जनाविरुद्ध १ करोड ४१ लाख भ्रष्टाचारको मुद्दा दायर

वि.सं.२०८३ साउन १९ मंगलवार १९:२५

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकाका तत्कालीन...

ललितपुर–२१ मा ४ करोडको बजेटबाट ७७ वटा विकास योजना सञ्चालन हुँदै

ललितपुर–२१ मा ४ करोडको बजेटबाट ७७ वटा विकास योजना सञ्चालन हुँदै

वि.सं.२०८३ साउन १३ बुधवार १५:०३

काठमाडौं । ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक...