back

खोटाङको बुवाखोलामा पक्की पुल सञ्चालनमा

nactional life

विराटनगर । कोशी प्रदेशको गौरवको आयोजना मानिएको खोटाङको सबैभन्दा लामो १४८ मिटर लम्बाइको बुवाखोला मोटरेबल पक्की पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ।

भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले शनिबार पुल उद्घाटन गरेसँगै जिल्लाको दक्षिणी भेगको यातायात अब सहज हुने अपेक्षा गरिएको छ।

जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमानामा बनेको यो पुल १७ करोड ५८ लाख रुपैयाँभन्दा बढी लागतमा तयार भएको हो। निर्धारित समयभन्दा अघि नै निर्माण सम्पन्न गरेर मन्त्री राईले उद्घाटन गरेका हुन्।

अब दक्षिणी खोटाङका बासिन्दाले विराटनगर, इटहरी, धरान, बेलटार हुँदै झापा–मोरङ–सुनसरी जान जोखिमपूर्ण तरिकाले नदी पार गर्नुपर्ने बाध्यता अन्त्य भएको छ। यद्यपि सिधा यातायात पूर्ण रूपमा सुचारु गर्न बुवाखोलामा अर्को पुल र सुनकोशी नदीमा पनि नयाँ पक्की पुल आवश्यक पर्ने बताइएको छ।

सुनकोशीको बंशिलाघाट क्षेत्रमा अहिले झोलुंगे पुलबाट आवतजावत हुँदै आएको छ। यो वर्षदेखि त्यहाँ बेलीबृज जडान गर्ने काम अन्तिम चरणमा पुगेको छ। बुवाखोलामा निर्माण हुने अर्को पुलका लागि पनि ठेक्का आह्वान भइसकेको मन्त्री राईले जानकारी दिए।

आफ्नै निर्वाचन क्षेत्र पर्ने भएकाले मन्त्री राईले खोटाङको विकासलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्। पुल सञ्चालनमा आएपछि जन्तेढुङ्गा, बराहपोखरी, खोटेहाङ, साकेला र दिप्रुङ चुइचुम्मा क्षेत्रमा यातायात र जनजीवनमा उल्लेख्य सुधार हुने स्थानीयको विश्वास छ।

प्रदेश सरकार र निर्माण व्यवसायीबीच २०८१ वैशाख ३० गते सम्झौता भएको थियो। लक्ष्यअनुसार पुल २०८३ कात्तिक २१ भित्र सक्नुपर्ने भए पनि जय बागेश्वरी–रेग्मी–चुलिया जेभीले निर्धारित समयभन्दा अघि नै पुल तयार पारेर हस्तान्तरण गरेको हो। खोटाङमा पक्की पुल समयमै बनेको यो दुर्लभ उदाहरणमध्येको एक भएको स्थानीयले बताएका छन्।

नेपाली कांग्रेस जन्तेढुङ्गा गाउँपालिका सभापति बाजिन्द्र विष्टका अनुसार बंशिलाघाटमा बन्ने बेलीबृजले यो क्षेत्रलाई ‘डबल कनेक्टिभिटी’ प्रदान गर्नेछ, जसले स्थानीय यातायात झन् सहज बनाउने छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

वर्षामा सडकको सास्ती, स्थानीयले गरे सडकमै रोपाईं

वर्षामा सडकको सास्ती, स्थानीयले गरे सडकमै रोपाईं

वि.सं.२०८३ असार २ मंगलवार १२:१४

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–३ स्थित सगरमाथा टोलका स्थानीयवासीले वर्षौंदेखि...

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

वि.सं.२०८३ असार २ मंगलवार ०८:३७

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा आगामी आर्थिक वर्ष २०८३/०८४...

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

वि.सं.२०८३ असार २ मंगलवार ०८:३३

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का...

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

नापीका सेवा र राजस्व अब ‘मेरो कित्ता’ मार्फत

नापीका सेवा र राजस्व अब ‘मेरो कित्ता’ मार्फत

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:५८

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले जग्गाको नक्सा, फिल्डबुकलगायत नापी...

बजेटमा कर्णाली : पूर्वाधारमा प्राथमिकता, अंकमा छैन

बजेटमा कर्णाली : पूर्वाधारमा प्राथमिकता, अंकमा छैन

वि.सं.२०८३ जेठ १७ आइतवार १२:३६

सुर्खेत । संघीय सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमा कर्णालीको...