back
skip this gaugauma singhadarbar

कोशी प्रदेशको आफ्नै राजस्व कार्यालय संचालनमा

इटहरी । कोशी प्रदेश सरकारले पहिलोपटक प्रदेश राजस्व कार्यालय सञ्चालनमा ल्याएको छ । प्रदेशको राजस्व संकलनलाई प्रभावकारी बनाउन र आवश्यक सहजीकरण गर्न सोमबार सुनसरीको इटहरीमा प्रदेश राजस्व कार्यालयको उद्घाटन गरिएको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगरले कार्यालयको उद्घाटन गर्दै प्रदेशले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको अवस्थामा नयाँ कार्यालय आवश्यक भएको बताए ।
उनले भने, ‘जनतालाई करको अतिरिक्त बोझ नपारीकन राजस्व संकलनका स्रोत पहिचान गरी कार्यालयले सहजीकरण गर्नेछ ।’

गत आर्थिक वर्षमा कोशी प्रदेश सरकारले ४ अर्ब ९८ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ९८ प्रतिशत मात्र सफलता हासिल गरेको थियो ।

चालु आर्थिक वर्षमा भने ५ अर्ब ५० करोड राजस्व संकलन गर्ने लक्ष्य राखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

समारोहमा प्रदेशसभा सदस्य रमेश बस्नेत, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा.मोहन सुवेदी लगायतको उपस्थिति थियो । यो कार्यालय स्थापना गर्ने पहिलो प्रदेश सरकार कोशी प्रदेश भएको जनाएको छ ।


राष्ट्र बैंकको निर्देशन– सीमित कर्मचारीबाट अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न आग्रह

राष्ट्र बैंकको निर्देशन– सीमित कर्मचारीबाट अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न आग्रह

वि.सं.२०८२ भदौ २६ बिहीवार १२:३८

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र...

निजामती कर्मचारीहरु देश विकास र समृद्धिको मेरुदण्ड हुन् : मन्त्री न्यौपाने

निजामती कर्मचारीहरु देश विकास र समृद्धिको मेरुदण्ड हुन् : मन्त्री न्यौपाने

वि.सं.२०८२ भदौ २२ आइतवार १०:३२

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले ...

गाउँमा अधिकार गएकाले नै ‘गाउँगाउँमा सिंहदरबार’ भनिएको हो– सभामुख मण्डल

गाउँमा अधिकार गएकाले नै ‘गाउँगाउँमा सिंहदरबार’ भनिएको हो– सभामुख मण्डल

वि.सं.२०८२ भदौ २० शुक्रवार २३:२४

काठमाडौं । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले सिंहदरबारलाई प्रदेश र...

स्थानीय तह भन्ने कतै नभएकाले सरकार नै भनिनुपर्छ – अध्यक्ष ढुंगाना

स्थानीय तह भन्ने कतै नभएकाले सरकार नै भनिनुपर्छ – अध्यक्ष ढुंगाना

वि.सं.२०८२ भदौ २० शुक्रवार २३:२०

काठमाडौं । नेपाल नगरपालिका संघका अध्यक्ष तथा धादिङको निलकण्ठ नगरपालिकाका...

सरकारको लक्ष्य ‘गाउँगाउँमा सिंहदरबार’ पु¥पुर्याउने नै हो– मन्त्री न्यौपाने

सरकारको लक्ष्य ‘गाउँगाउँमा सिंहदरबार’ पु¥पुर्याउने नै हो– मन्त्री न्यौपाने

वि.सं.२०८२ भदौ २० शुक्रवार २०:३८

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरकारले...

उच्च पदस्थ व्यक्तिहरूमा अरुको कुरा सुन्ने धैर्यता र इच्छाशक्ति छैन : अर्थविद् अधिकारी

उच्च पदस्थ व्यक्तिहरूमा अरुको कुरा सुन्ने धैर्यता र इच्छाशक्ति छैन : अर्थविद् अधिकारी

वि.सं.२०८२ भदौ २० शुक्रवार १५:००

काठमाडौं । अर्थविद् चन्द्रमणी अधिकारीले देशका नेतृत्व तहमा रहेका व्यक्तिहरू...