back

बेपत्ता गाडि अझै भटिएन, भूगर्भविद् टोली ल्याएर अनुसन्धान अगाडि बढाइयो

nactional life

हेटौँडा । हेटौँडाको गैरीगाउँमा जमिन भासिएर एक गाडी बेपत्ता भएपछि त्यसको खोजीमा खानी तथा भूगर्भ विभागका विज्ञहरूले स्थलगत अध्ययन थालेका छन्। गत शुक्रबार ना ४ च ४८३३ नम्बरको गाडी घाँस काट्ने मेसिनसहित रोकिराखिएको अवस्थामा अचानक जमिन भासिँदा बेपत्ता भएको थियो। यता, गाडीको अत्तोपत्तो नलागेपछि हेटौँडा उपमहानगरपालिकाले भूगर्भविद् टोली ल्याएर अनुसन्धान अघि बढाएको छ। मङ्गलबार बिहान ९ बजेबाट खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा अध्ययन कार्य आरम्भ भएको हो। टोलीमा भूगर्भविद् कृष्ण पाण्डे, मणी खनालसहित चार जना विशेषज्ञ समावेश छन्। उनीहरूले दिनभरि अध्ययन गर्दै बेलुका ७ बजेसम्म विभिन्न वैज्ञानिक प्रविधिको प्रयोग गरेर घटनास्थलको विश्लेषण गरेका छन्।

अध्ययन टोलीले विशेष रूपमा ‘प्रोटोन म्याग्नेटो मिटर’ र ‘पावर अगर’ नामक प्रविधिको प्रयोग गरेको छ। म्याग्नेटो मिटर चुम्बकीय क्षेत्रका आधारमा फलामजन्य वस्तुहरू पहिचान गर्न प्रयोग गरिन्छ, भने पावर अगर विधि जमिनमा सानो सुरुङ खनेर भित्री बनावट पत्ता लगाउने ड्रिलिङ प्रणाली हो। प्रारम्भिक अध्ययनमा भूगर्भविद्ले जमिनको सतह, माटोको प्रकृति, भूगर्भिक बनावट, जमिनको शक्ति र दलदल हुने सम्भाव्यता समेत परीक्षण गरेका थिए। भूगर्भविद् अधिकारीका अनुसार सो क्षेत्रको भूगर्भिक बनावट अत्यन्तै कमजोर र तरलतायुक्त पाइएको छ। जमिनको माथिल्लो सतहमा केही मात्रामा कडा माटो भए पनि तल्लो तहमा बालुवा र दलदल मिश्रित माटो रहेको स्पष्ट गरिएको छ। त्यस्तै, पाँच मिटर तलैदेखि बालुवायुक्त तह फेला परेको छ, जुन भूगर्भिक दृष्टिले जोखिमयुक्त मानिन्छ।

त्यहाँको माटोमा प्रेसर उत्पन्न हुँदा जमिन तरल हुने अवस्था सिर्जना भएको अनुसन्धानमा खुलेको छ। वैज्ञानिक भाषामा यस्ता क्षेत्रलाई “सेयर स्ट्रेन्थ” शून्य हुने स्थान मानिन्छ, जसमा कुनै पनि प्रकारको गतिशील लोड या दबाब परेमा माटो ठोस नहुन सक्छ र तरल अवस्थामा परिणत हुन सक्छ। यही प्रकृतिका कारण गाडी जमिनमा भासिएको हुनसक्ने भूगर्भविद्को अनुमान छ।

गाडीको सटीक लोकेसन पत्ता लगाउन म्याग्नेटो मिटरमार्फत अनुसन्धान गर्दा खाल्डो परेको स्थानभन्दा केही पूर्वतर्फ चुम्बकीय आकर्षण तीव्र पाइएको थियो। उक्त क्षेत्रफलमा फलामजन्य वस्तु रहेको अनुमान गरिएको छ। म्याग्नेटो मिटर प्रत्यक्ष रूपमा गाडी देखाउने उपकरण नभए पनि यसले फलामको उपस्थिति संकेत गर्न सक्छ। त्यसैले, अनुसन्धानलाई थप पुष्टि गर्न तीन स्थानमा पावर अगर प्रविधिबाट ड्रिलिङ गरिएको थियो। तीमध्ये दुई स्थानमा करिब ५.४० र ५.६० मिटरको गहिराइमा कडा फलामजन्य वस्तु भेटिएको भूगर्भविद्को भनाइ छ।

उक्त परीक्षणका क्रममा एक स्थानमा प्रयोग गरिएको रड सजिलै ८ मिटर गहिराइसम्म गयो भने बाँकी दुई स्थानमा मात्र करिब ६ मिटरसम्म धस्न सकेको थियो। यसले त्यहाँ कुनै कडा वस्तु वा संरचना रहेको स्पष्ट सङ्केत गरेको छ। यद्यपि, भूगर्भविद्हरूले त्यो वस्तु हराएको गाडी नै हो भन्ने निश्चित निष्कर्ष दिन सकेका छैनन्। उनीहरूले गाडीका पाटपूर्जाहरू भेट्ने हिसाबले खोजी नगरेको र विज्ञानको आधारमा म्याग्नेटिक लोकेसन पहिचान गरिएको स्पष्ट पारेका छन्।

गाडी हराएको स्थानको थप परीक्षण बुधबार बिहानदेखि पुनः सुरु गरिएको छ। पावर अगर विधिबाट लोकेट गरिएको स्थानमा पुनः ड्रिलिङ गरी थप पुष्टि गरिने छ। साथै, त्यस क्षेत्रको माटोको नमूना संकलन गरी भूमिगत जलको अवस्थितिबारे समेत अध्ययन गरिने तयारी छ। अनुसन्धानका क्रममा माटोको परीक्षणले पनि भूगर्भीय दृष्टिकोणबाट उक्त क्षेत्र जोखिमयुक्त रहेको पुष्टि गरिरहेको छ।
गत शुक्रबार भएको घटनामा, गाडी घाँस काट्ने मेसिन लोड गरेर गैरीगाउँ पुगेको थियो। उक्त गाडीको अगाडिको पाङ्ग्रा भासिएपछि त्यसलाई निकाल्ने प्रयास भइरहेका बेला अचानक सम्पूर्ण गाडी जमिनमा भासिएर बेपत्ता भएको थियो। लगातार तीन दिनसम्म स्थानीय निकाय र सुरक्षाकर्मीको पहलमा खोजी गर्दा पनि गाडी भेट्टाउन नसकिएपछि हेटौँडा उपमहानगरपालिकाले भूगर्भ विभागसँग समन्वय गरेर विज्ञ टोली खटाएको हो।

घटनाले हेटौँडाको भूगर्भीय संवेदनशीलता र जमिनको बनोटसम्बन्धी गम्भीर प्रश्नहरू उठाएको छ। स्थानीय बासिन्दा त्रसित छन्, किनकि यस्तो घटना भविष्यमा फेरि दोहोरिन सक्ने सम्भावनालाई नकार्न सकिँदैन। अहिलेको अध्ययनले उक्त स्थानको भूगर्भीय अवस्था कस्तो छ र भविष्यमा कसरी त्यस्ता जोखिमबाट जोगिने भन्ने दिशामा स्पष्ट संकेत दिन सक्ने अपेक्षा गरिएको छ। गाडीको वास्तविक अवस्था, त्यसको स्थान, र भूगर्भीय कारणबारे अझ विस्तृत अनुसन्धान भइरहेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

वर्षामा सडकको सास्ती, स्थानीयले गरे सडकमै रोपाईं

वर्षामा सडकको सास्ती, स्थानीयले गरे सडकमै रोपाईं

वि.सं.२०८३ असार २ मंगलवार १२:१४

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–३ स्थित सगरमाथा टोलका स्थानीयवासीले वर्षौंदेखि...

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

वि.सं.२०८३ असार २ मंगलवार ०८:३७

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा आगामी आर्थिक वर्ष २०८३/०८४...

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

वि.सं.२०८३ असार २ मंगलवार ०८:३३

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का...

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

नापीका सेवा र राजस्व अब ‘मेरो कित्ता’ मार्फत

नापीका सेवा र राजस्व अब ‘मेरो कित्ता’ मार्फत

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:५८

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले जग्गाको नक्सा, फिल्डबुकलगायत नापी...

बजेटमा कर्णाली : पूर्वाधारमा प्राथमिकता, अंकमा छैन

बजेटमा कर्णाली : पूर्वाधारमा प्राथमिकता, अंकमा छैन

वि.सं.२०८३ जेठ १७ आइतवार १२:३६

सुर्खेत । संघीय सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमा कर्णालीको...