back

सिवाइसी नेपाल लघुवित्तको आइपिओ बिक्री खुला

nactional life

काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री खुला भएको छ ।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित रु तीन करोड ९५ लाख ३३ हजार ६०० बराबरका तीन लाख ९५ हजार ३३६ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले कूल निष्काशनमध्ये पाँच प्रतिशत अर्थात् १९ हजार ७६६ कित्ता शेयर सामूहिक लगानी कोष र जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् छ हजार ८२ कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने तीन लाख ६९ हजार ४८८ कित्ता शेयर सर्वसाधारणलाई छुट्याइएको छ ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

साथै निष्काशन गरिएको शेयर खरिदका लागि यही वैशाख ६ गतेसम्म आवेदन दिन सकिने र सो समयावधिसम्म मागबमोजिम आवेदन नआए वैशाख १६ गतेसम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतप्राप्त गरेका सम्पूर्ण सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनबाट ‘मेरो शेयर’ प्रयोग गरेर आवेदन दिन सकिने कम्पनीको सार्वजनिक सूचनामा उल्लेख छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर रेटिङ संस्था केयर नेपाल लिमिटेडले ‘केयर एनपी बिबी माइनस इस्युअर’ रेटिङ प्रदान गरेको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३८

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको प्राथमिक सेयर (आईपीओ)  बाँडफाँट भएको छ...

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:४७

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक...

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ जेठ २५ सोमवार १४:३२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एपोलो हाइड्रोपावर लिमिटेडको...

सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ जेठ २१ बिहीवार ०८:४७

काठमाडौं ।सानिगाड हाइड्रो लिमिटेडले जेठ १८ गते, सोमबारदेखि सर्वसाधारण लगानीकर्ताहरुका...

हिमालयन लघुवित्तद्वारा ३ लाख ७५ हजार बीमा दाबी तथा ऋण मिनाहा भुक्तानी

हिमालयन लघुवित्तद्वारा ३ लाख ७५ हजार बीमा दाबी तथा ऋण मिनाहा भुक्तानी

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:०१

काठमाडौं ।  हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्लाही जिल्लाको हरिवन...

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

वि.सं.२०८३ जेठ १० आइतवार १०:२४

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि...