back

सानिमा लाइफको आइपीओ बाँडफाँडः झण्डै १९ लाख आवेदकको हात खालि

nactional life

काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स लिमीटेडको आईपीओ बाँडफाँड गरिएको छ । इन्स्योरेन्सको आईपीओ बाँडफाँड कार्यक्रम आज बिहान काठमाडौँ दरबारमार्गस्थित सानिमा लाइफ इन्स्योरेन्सको कार्यालयमा भएको हो ।

आइपीओमा आवेदन दिएकामध्ये ५ लाख ४० हजार आवेदकले १० कित्ताको दरले सानिमा लाइफको सेयर पाएका छन् ।

आइपीओमा २३ लाख १३ हजार ५५६ आवेदकबाट ३ करोड ४२ लाख ७९ हजार ६२० कित्ता माग गर्दै आवेदन दिएका थिए । यसबाहेक आइपीओ खरीदका लागि १ लाख ६ हजार २९२ आवेदन र त्यसमार्फत माग भएको २६ लाख ७१ हजार ४६० कित्ताको आवेदन रद्ध गरिएको थियो ।

आइपीओमा ५ हजार ४३४ जनाले डूब्लीकेट आवेदन समेत दिएका थिए । त्यसमार्फत ७४ हजार ६०० कित्ता माग भएकोमा सो पनि रद्ध गरिएको बिक्री प्रबन्धक प्रभू क्यापिटलले जनाएको छ ।

यसरी कुल २३ लाख ८ हजार १२२ आवेदकलाई भ्यालिड मानी त्यसमार्फत माग भएको ३ करोड ४२ लाख ५ हजार २० कित्तालाई आधार मानेर आइपीओ बाँडफाँड गरिएको हो ।

कम्पनीले गत साउन २० गतेदेखि साउन २४ गतेसम्म १०० अंकित दरका कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा ३ लाख कित्ता सेयर कर्मचारीका लागि , ३ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । बाँकी ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका थिए ।

धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमीटेड रहेको थियो ।

लगानीकर्ताले सिडिएसीको आइपीओ हेर्न सकिने साइट, बिक्री प्रबन्धक र सेयर निश्कासन गर्ने कम्पनी९सानिमा लाइफ०को वेबसाइटबाट पनि आफूलाई सेयर परे नपरेको हेर्न सक्नेछन् ।
२०७८ साउन ३० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बिहीबार नेप्सेसँगै घट्यो कारोबार रकम

बिहीबार नेप्सेसँगै घट्यो कारोबार रकम

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१४

काठमाडौं । बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार...

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

वि.सं.२०८३ जेठ २७ बुधवार १६:२५

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको...

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

२०४९ सालको नजिर ब्युँताउँदै सरकार: एकैपटक १० हजार निजामती कर्मचारी बाहिरिने

वि.सं.२०८३ जेठ २७ बुधवार १३:५१

काठमाडौँ । सरकारले निजामती प्रशासनको आकार घटाएर चुस्त बनाउने भन्दै...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

कालंगा हाइड्रोको आईपीओ बाँडफाँट

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३८

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको प्राथमिक सेयर (आईपीओ)  बाँडफाँट भएको छ...

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:४७

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक...

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

वि.सं.२०८३ जेठ २५ सोमवार १५:३४

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...