back
himalayan life

पूर्व मन्त्री मोतीलाल दुगडलाई कारवाही माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी

काठमाडौँ। पूर्व उद्योग राज्यमन्त्री एवम् तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार मोतीलाल दुगडविरुद्ध उजुरी परेको छ । दुगड विरुद्ध अवैध नुन कारोबार गरेको आरोपमा प्रधानमन्त्री तथा पन्त्रिपरिषद् कार्यालयमा उजुरी परेको हो ।

राष्ट्रिय उपभोक्ता मञ्चले नेपालमा नुन बिक्रीको लागि अनुमति नपाएको दुगडको कम्पनी दुगड स्पाइसेस एण्ड फुड प्रोडक्टस मोरङले सेन्चुरी स्प्रींकल टेवल साल्टका नाममा आयोडिनयुक्त नून बिक्री गरेको भनि उजुरी गरेको हो ।

साथै मञ्चले उक्त कम्पनीले एक सय ग्रामलाई ३५ रुपैयाँमा बिक्री गरेको समेत उजुरीमा जनाएको छ । खाद्य गुणस्तर नियन्त्रण कार्यालयबाट अनुमति नलिई नून उत्पादन गरेर बजार पठाइएको कम्प्नीमाथि आरोप रहेको छ ।

नेपालमा आयोडिनयुक्त नूनको उत्पादन, भण्डारण तथा बिक्रि बितरणको लागी सरकारले साल्ट ट्रेडिंग कर्पोरेशनलाई मात्रै अधिकार दिएकोमा तत्कालिन उद्योग, बाणिज्य तथा आपूर्ति राज्य मन्त्री दुगडले प्रचलित नियम कानूनको उल्लंघन गरेको उजुरीमा भनिएको छ ।

‘अवैध नूनबारे गत वर्ष असोजमा तत्कालिन प्रधानमन्त्रीलाई जानकारी गराए पनि करिव ११ महिनासम्म कुनै कारबाही भएन, वर्तमान सरकारको ध्यान पुगोस्,’ मञ्चको उजुरीमा भनिएको छ ।

दूगडको व्यवसायलाई साथ दिएर कारबाही नगर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागका अधिकारीलाई पनि उजुरीमा कारबाही माग गरिएको छ ।

२०७८ साउन २७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

वि.सं.२०८२ चैत १७ मंगलवार १७:२५

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको...

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

कांग्रेसमा शेरबहादुर देउवा पक्षको अलग्गै बैठक

वि.सं.२०८२ चैत १६ सोमवार ११:५६

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका कार्यवाहक...

मन्त्रिपरिषद् बैठक आज बस्दै

मन्त्रिपरिषद् बैठक आज बस्दै

वि.सं.२०८२ चैत १६ सोमवार ११:२४

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री...

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

वि.सं.२०८२ चैत १६ सोमवार ११:२१

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको...

पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु

पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु

वि.सं.२०८२ चैत १६ सोमवार ११:१७

काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मा बालश्रम शोषणको आरोपमा...

कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि भयो : शंकर पोखरेल

कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि भयो : शंकर पोखरेल

वि.सं.२०८२ चैत १२ बिहीवार १२:०४

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनको छानबिन...