back

पूर्व मन्त्री मोतीलाल दुगडलाई कारवाही माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी

काठमाडौँ। पूर्व उद्योग राज्यमन्त्री एवम् तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार मोतीलाल दुगडविरुद्ध उजुरी परेको छ । दुगड विरुद्ध अवैध नुन कारोबार गरेको आरोपमा प्रधानमन्त्री तथा पन्त्रिपरिषद् कार्यालयमा उजुरी परेको हो ।

राष्ट्रिय उपभोक्ता मञ्चले नेपालमा नुन बिक्रीको लागि अनुमति नपाएको दुगडको कम्पनी दुगड स्पाइसेस एण्ड फुड प्रोडक्टस मोरङले सेन्चुरी स्प्रींकल टेवल साल्टका नाममा आयोडिनयुक्त नून बिक्री गरेको भनि उजुरी गरेको हो ।

साथै मञ्चले उक्त कम्पनीले एक सय ग्रामलाई ३५ रुपैयाँमा बिक्री गरेको समेत उजुरीमा जनाएको छ । खाद्य गुणस्तर नियन्त्रण कार्यालयबाट अनुमति नलिई नून उत्पादन गरेर बजार पठाइएको कम्प्नीमाथि आरोप रहेको छ ।

नेपालमा आयोडिनयुक्त नूनको उत्पादन, भण्डारण तथा बिक्रि बितरणको लागी सरकारले साल्ट ट्रेडिंग कर्पोरेशनलाई मात्रै अधिकार दिएकोमा तत्कालिन उद्योग, बाणिज्य तथा आपूर्ति राज्य मन्त्री दुगडले प्रचलित नियम कानूनको उल्लंघन गरेको उजुरीमा भनिएको छ ।

‘अवैध नूनबारे गत वर्ष असोजमा तत्कालिन प्रधानमन्त्रीलाई जानकारी गराए पनि करिव ११ महिनासम्म कुनै कारबाही भएन, वर्तमान सरकारको ध्यान पुगोस्,’ मञ्चको उजुरीमा भनिएको छ ।

दूगडको व्यवसायलाई साथ दिएर कारबाही नगर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागका अधिकारीलाई पनि उजुरीमा कारबाही माग गरिएको छ ।

२०७८ साउन २७ गते प्रकाशित


प्रतिनिधिसभा: दुवै पक्षका सांसद उठेपछि बैठक स्थगित

प्रतिनिधिसभा: दुवै पक्षका सांसद उठेपछि बैठक स्थगित

वि.सं.२०८१ चैत १७ आइतवार १३:४३

काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

वि.सं.२०८१ चैत १५ शुक्रवार १८:४७

काठमाडौ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।...

दुर्गा प्रसाईं कारवाहीको दायरमा, क्षतिको जिम्मा राजावादीले लिनुपर्छ: गृह मन्त्रालय

दुर्गा प्रसाईं कारवाहीको दायरमा, क्षतिको जिम्मा राजावादीले लिनुपर्छ: गृह मन्त्रालय

वि.सं.२०८१ चैत १५ शुक्रवार १८:४१

राजावादीहरुको प्रदर्शनको कमाण्डर दुर्गा प्रसाईले प्रदर्शनका क्रममा भएको क्षतिको जिम्मेवारी...

दुर्गा प्रसाईंलाई पक्राउ गर्न आदेश

दुर्गा प्रसाईंलाई पक्राउ गर्न आदेश

वि.सं.२०८१ चैत १५ शुक्रवार १८:३६

काठमाडौंका विभिन्न ठाउँमा आज भएको घटनामा मुख्य जिम्मेवार ठहर गर्दै...

राजावादीहरुको आन्दोलनमा कीर्तिपुर–४ बस्ने सविन महर्जनको मृत्यु

राजावादीहरुको आन्दोलनमा कीर्तिपुर–४ बस्ने सविन महर्जनको मृत्यु

वि.सं.२०८१ चैत १५ शुक्रवार १८:२५

काठमाडौं । शुक्रबार भएको राजावादीहरुको प्रदर्शनका क्रममा कीर्तिपुर–४ बस्ने बर्ष...

राजावादीहरुको प्रदर्शन नियन्त्रण बाहिर गएपछि सेनाले बढायो सक्रियता(फोटोहरु)

राजावादीहरुको प्रदर्शन नियन्त्रण बाहिर गएपछि सेनाले बढायो सक्रियता(फोटोहरु)

वि.सं.२०८१ चैत १५ शुक्रवार १८:१८

काठमाडौं । काठमाडौंमा राजावादीहरुको प्रदर्शन नियन्त्रण बाहिर गएपछि नेपाली सेनाको...