back

ज्योति विकास बैंकको नाफा ३८.१८ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो?

काठमाडौं । ज्योति विकास बैंकले तेस्रो त्रैमासमा आफ्नो नाफा ३८ दशमलव १८ प्रतिशतले बढाएको छ । बैंकले खुद नाफामा सुधार गरी चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६० करोड २५ लाख रुपैयाँ कमाएको हो । जुन गत वर्ष सोही अवधिमा ४३ करोड ६० लाख रुपैयाँ मात्र रहेको थियो । बैंकको वितरणयोग्य नाफा भने ४३ करोड ३१ लाख रुपैयाँ रहेको छ ।

सार्वजनिक विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी भने ६.३२ प्रतिशतले घटेर १ अर्ब १ करोड ८९ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष यसले १ अर्ब ८ करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता, बैंकको सञ्चालन नाफा भने ३८.२४ ले बढेर ८६ करोड १४ लाख रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले सोही अवधिमा ६२ करोड ३१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

चैत मसान्तसम्म ज्योतिको निक्षप संकलन ४५ अर्ब ३१ करोड रुपैयाँ र कर्जा प्रवाह ३९ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । हाल यसको चुक्ता पुँजी ३ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा ८५ करोड २१ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ४३ करोड ६९ लाख रुपैयाँ छ । बैंकको खराब कर्जा ०.७६ प्रतिशत बाट घटेर ०.५८ प्रतिशतमा झरेको छ । यसको प्रतिसेयर आम्दानी बढेर २० रुपैयाँ ८९ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ५३ पैसा रहेको छ ।


नयाँ गभर्नरको घोषणा– सरकारलाई सहयोग गर्छु, मेरो पेल्ने नीति हुँदैन

नयाँ गभर्नरको घोषणा– सरकारलाई सहयोग गर्छु, मेरो पेल्ने नीति हुँदैन

वि.सं.२०८२ जेठ ७ बुधवार १२:०८

काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्व पौडेलले सरकारले बनाएको...

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

वि.सं.२०८२ जेठ ७ बुधवार ११:५९

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका...

नवनियुक्त गभर्नरले गरे सपथ ग्रहण

नवनियुक्त गभर्नरले गरे सपथ ग्रहण

वि.सं.२०८२ जेठ ७ बुधवार ११:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ लाख २३ हजार कित्ता सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ लाख २३ हजार कित्ता सेयर बिक्रीमा

वि.सं.२०८२ जेठ ७ बुधवार १०:२७

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको...

नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

वि.सं.२०८२ जेठ ६ मंगलवार १९:४६

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई...

एभरेष्ट बैंकको १३२औँ शाखा सिन्धुलीको कमलामाई नगरपालिकामा

एभरेष्ट बैंकको १३२औँ शाखा सिन्धुलीको कमलामाई नगरपालिकामा

वि.सं.२०८२ जेठ ६ मंगलवार ११:१७

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो शाखा विस्तारलाई जारी राख्दै...