कारोबारको पहिलो घण्टामै महिला लघुवित्तको सेयर मूल्यमा सर्किट, कति पुग्यो प्रति कित्ता?
वि.सं.२०७८ जेठ २३ आइतवार
काठमाडौँ । महिला लघुवित्त वित्तिय संस्थाको शेयर मूल्यमा साताको पहिलो कारोबार दिन आज आइतबार पनि सर्किट लागेको छ । गत हप्ताको अन्तिम कारोबार दिन बिहीबार सर्किट लागेर बन्द भएको महिला लघुवित्तको सेयर मुल्यमा आज पनि कारोबार ओपन भएको १ घण्टा नवित्दै सकरात्मक सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।
बिहीबार यस कम्पनीको शेयर मूल्य ४ हजार ७५२ रहेको थियो । आज त्यो ४७५ रुपैयाँले बढेर ५ हजार २२७ पुगेको छ । आज ४ हजार ९८९ मा यस कम्पनीको पहिलो शेयर कारोबार भएको थियो ।
२०७८ जेठ २३ गते प्रकाशित
प्रकाशित समय : ०६:१२ बजे






















