कारोबार सुरु भएको एक घण्टामै ५ अर्ब बढीको कारोबार

वि.सं.२०७८ जेठ २३ आइतवार

काठमाडौँ । प्री ओपनिङ देखि नै हरीयालि छाएको सेयर बजारमा पहिलो घण्टामै ५ अर्ब माथिको कारोबार भएको छ । साताको पहिलो कारोबार दिन कारोबार ओपन भएको १ घण्टामा २ सय ४ कम्पनीको १ करोड ५ लाख ३९ हजार ७३२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३८ करोड ३६ लाख ७ हजार बढीको कारोबार भएको हो । साथै महिला लघुवित्तको सेयर मुल्यमा सर्किट लागेर बन्द भएको छ ।
यस्तै नेप्से परिसूचक ५९.७१ अंकले बढेर २९१६.४७ विन्दूमा पुगेको छ । मध्यान्न १२ बजेको अपडेट
२०७८ जेठ २३ गते प्रकाशित

प्रकाशित समय : ०६:२६ बजे